सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गत आमनिर्वाचनमा गोरखा २ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गल्ती भयोः अध्यक्ष भट्टराई


  •    न्युजभित्तो/१३ बैशाख २०८१, बिहीबार १५:३३ 
  • काठमाडौं, १३ बैशाख । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाड्नु गल्ती भएको बताएका छन्।

    अध्यक्ष भट्टराईले गएको चुनावमा आफू गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार नभई नेकपा अध्यक्ष प्रचण्ड लाई छाड्नु गल्ती भएको बताएका हुन् ।२०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा नेपाली कांग्रेससहितको तत्कालीन गठबन्धनबाट माओवादी अध्यक्ष दाहाल गोरखा २ मा साझा उम्मेदवार भई निर्वाचन जितेका थिए। त्यसबेला अध्यक्ष दाहाललाई चुनाव जिताउन भन्दै कतिपय ठाउँमा भट्टराई पनि सँगसँगै हिँडेका थिए।

    गोरखाबाट भट्टराईले निर्वाचन जित्दै आएका थिए। २०६४ र २०७४ को चुनावमा भट्टराई गोरखा २ बाट र २०७० को चुनावमा गोरखा १ बाट निर्वाचित भएका थिए। भट्टराई २०८४ सालमा हुने आमनिर्वाचनमा फेरि गोरखा २ मा उम्मेदवार हुने तयारीमा छन्।

    ‘जिल्ला भ्रमणका क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आमनिर्वाचनमा गोरखा २ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउनुभएको छ,’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट,अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ।’

    देशमा ठूलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति पुनः सत्तादेखि सत्तासम्म र सामरदानरदण्डरभेदको दुष्चक्रमा फस्दै गएको उनको भनाइ छ। स्रोतः सेतोपाटी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
    एक लाख ३६ हजार पशुलाई खोप
    आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
    • आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
    • ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    • फरार भारतीय कैदी पक्राउ
    • एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.