सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गत आमनिर्वाचनमा गोरखा २ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गल्ती भयोः अध्यक्ष भट्टराई


  •    न्युजभित्तो/१३ बैशाख २०८१, बिहीबार १५:३३ 
  • काठमाडौं, १३ बैशाख । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाड्नु गल्ती भएको बताएका छन्।

    अध्यक्ष भट्टराईले गएको चुनावमा आफू गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार नभई नेकपा अध्यक्ष प्रचण्ड लाई छाड्नु गल्ती भएको बताएका हुन् ।२०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा नेपाली कांग्रेससहितको तत्कालीन गठबन्धनबाट माओवादी अध्यक्ष दाहाल गोरखा २ मा साझा उम्मेदवार भई निर्वाचन जितेका थिए। त्यसबेला अध्यक्ष दाहाललाई चुनाव जिताउन भन्दै कतिपय ठाउँमा भट्टराई पनि सँगसँगै हिँडेका थिए।

    गोरखाबाट भट्टराईले निर्वाचन जित्दै आएका थिए। २०६४ र २०७४ को चुनावमा भट्टराई गोरखा २ बाट र २०७० को चुनावमा गोरखा १ बाट निर्वाचित भएका थिए। भट्टराई २०८४ सालमा हुने आमनिर्वाचनमा फेरि गोरखा २ मा उम्मेदवार हुने तयारीमा छन्।

    ‘जिल्ला भ्रमणका क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आमनिर्वाचनमा गोरखा २ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउनुभएको छ,’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट,अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ।’

    देशमा ठूलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति पुनः सत्तादेखि सत्तासम्म र सामरदानरदण्डरभेदको दुष्चक्रमा फस्दै गएको उनको भनाइ छ। स्रोतः सेतोपाटी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.