मोटरसाइकल अनियन्त्रित भई पल्टिदा श्रीमान्–श्रीमतीको मृत्यु
न्युजभित्तो/११ बैशाख २०८१, मंगलवार ११:४०
महोत्तरी, ११ वैशाख । बर्दिबास नगरपालिका–३ कालापानी जंगलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बा प्र ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकलका चालक सर्लाही ईश्वरपुर नगरपालिका–५ बस्ने ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।