सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको मायाटारस्थित बालगौरी पाथीभरा मन्दिरमा आज साँझदेखि मेला लाग्ने


  •    न्युजभित्तो/१० बैशाख २०८१, सोमबार १५:३५ 
  • मुग्लिन, १० वैैशाख । धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित चितवनको इच्छाकामना–२ मायाटार पन्थचुलीमा अवस्थित बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिर परिसरमा आज साँझदेखि मेला लाग्ने भएको छ । हरेक वर्ष चैते दसैँपछिको पूर्णिमामा मेला लाग्दै आएको छ ।

    स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिरको प्रचार–प्रसारमा मेला सहयोगी हुनसक्ने विश्वास लिइएको मन्दिर संरक्षण समितिका अध्यक्ष सुरेश गुरुङले बताउनुभयो । मेलामा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार आज साँझबाट सुरु भई मङ्गलबार विहान पञ्चबलिसहितका फूलको डोली भित्र्याएर पूजाआजा गरेपछि प्रसाद ग्रहण गरिन्छ र दिनभर नाचगानसहित मेला लाग्ने छ ।

    हरेक वर्ष चैते दसैँपछिको पूर्णिमामा लाग्ने यस मेलामा चितवन, धादिङ, तनहुँ, गोरखालगायत जिल्लाबाट पूजाआजा गर्न र मेला हेर्न आउने गर्छन् । सन्तान नभएकाहरूले सन्तान मागेमा प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।

    धार्मिक पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गइरहेको यस मन्दिरमा धादिङको मौवाखोला, हुग्दिखोला र चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरबाट चितवनको पुरानो सदरमुकाम ऐतिहासिक उपर्दाङगढी हुँदै जान सकिन्छ ।

    पछिल्लो समय सडक स्तरोन्नतिसँगै मन्दिरसम्म पुग्न सहज बनेको वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताउनुभयो । मन्दिरसम्म पुग्न सिँढी बाटो निर्माण गरिएको उहाँले बताउनुभयो । साथै गाउँपालिका र वाइनटुवाटरको सहकार्यमा मन्दिरमा लिफ्टिङ प्रविधिबाट पानी पुर्याइएको उहाँले बताउनुभयो । मन्दिर परिसरमा विद्युत् जडानसमेत गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.