काठमाडौँ, १० वैशाख । काठमाडौंको हावा फेरि अवस्थकरको पहिलो नम्बरमा परेको छ। वायु शुद्धता सूचकांकअनुसार देशभर डढेलोका घटना वृद्धि हुँदा काठमाडौं खराव हावाको पहिलो सूचीमा परेको हो।
सिंगापुरले बिहान ९ः ५५ मा मापन गरेको वायु गुणस्तरअनुसार काठमाडौंको एक्युआइ १८४ पुगेको छ। यो सूचकांकअनुसार सयभन्दा माथिको वायुलाई हानिकारक मानिन्छ।
सिंगापुरले रियल टाइममा मापन गरेको गुणस्तरअनुसार खराब वायुको सूचीमा चीनको बेइजिङ सहर दोस्रो नम्बरमा छ। बेइजिङको एक्युआइ १६४ रहेको छ। तेस्रो नम्बरमा थाइल्यान्ड रहेको छ। थाइल्यान्डको १६२ एक्युआइ छ भने भारतको कोलकाताको एक्युआइ १५१ रहेको छ।