सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काका हो भन्दै मृतक पुरुषको शव बैंकमा ल्याएर कर्जा निकाल्न खोज्ने महिला पक्राउ


  •    न्युजभित्तो/१० बैशाख २०८१, सोमबार १२:०८ 
  • काठमाडौं, १० वैशाख । मृतक पुरुषको शव लिएर बैंकमा ऋण निकाल्न आउने महिला प्रकाउ परेकी छिन् । ब्राजिलमा एकजना ४२ वर्षीया महिला मृतक पुरुषको शवलाई बैंकमा ल्याएर मृतकको नामबाट कर्जा निकाल्ने प्रयास गरेको आरोपमा पक्राउ परेकी हुन् । महिलामाथि शवको अपमान गरेको र ठगीको कोसिस गरेको अभियोग लागेको हो ।

    गत अप्रिल १६ मा राजधानी रियो दी जेनेरियोस्थित बांगुमा रहेको इटाउ उनिबान्चो बैंकको शाखामा ६८ वर्षीय पाउलो रोबर्टो ब्रागा नामका वृद्धलाई १७ हजार ब्राजिलियन डलर (करीब ४ लाख २५ हजार रुपैयाँ) कर्जा लिनका लागि सघाउन भन्दै एरिका डी सोझा भिरा नन्स नामकी ती महिला आएकी थिइन् ।

    ती वृद्ध पुरुष ह्विलचेयरमा थिए र महिलाले आफ्नो वृद्धको भतिजीका साथै हेरचाह गर्ने मुख्य व्यक्ति भएको दाबी गरेकी थिइन् ।

    तर बैंकका कर्मचारीले भने ब्रागा नामका ती पुरुषको अवस्थाप्रति तत्कालै गम्भीर आशंका गरे । किनकि ती महिलाले वृद्धको टाउको समेत हातले अठ्याइदिनु परिरहेको थियो । साथै वृद्धको जिउमा प्राण भएको कुनै संकेत देखिँदैनथ्यो । तर महिलाले भने ती वृद्ध स्वभावै शान्त प्रकृतिको रहेको जिकिर गर्न थालिन् । अझ उनले वृद्धसँग चिच्याउँदै बोलेर कुरा गर्ने कोसिस पनि गरिरहेकी थिइन्, देखावटीका लागि ।

    उनले भनिरहेकी थिइन्– काका, सुनिरहनुभएको छ रु तपाईंले दस्तखत गर्नुपर्यो । दस्तखत गर्नुभएन भने त केही काम हुँदैन त । मैले तपाईंको लागि दस्तखत गरिदिन मिल्दैन । मैले जे गर्न मिल्छ त्यो मात्रै गर्छु । कागजातमा जस्तै यहाँ दस्तखत गर्नुस् त । मेरो टाउको नदुखाउनुस् त ।

    त्यहीबेला बैंकका एकजना कर्मचारीले वृद्धको अवस्था ठीक नभएको भनिरहेको सुनिन्छ भने अर्का एक कर्मचारीले त्यो दृश्य रेकर्ड गरिरहेका छन् । तर ती महिलाले भने आफ्ना ती कथित काका ठीक रहेको र केवल थोरै शान्त रहेको दाबी गर्छिन् । त्यति बेलासम्म बैंकका कर्मचारीहरुले आकस्मिक सेवा र प्रहरीलाई खबर गरिसकेका हुन्छन् ।

    प्रहरीले वृद्ध तथा ती महिला दुवैलाई नियन्त्रणमा लिन्छ । पछि वृद्धको शरीर जाँच गर्दा बैंकमा ल्याउनुभन्दा केही घण्टाअघि नै उनको मृत्यु भैसकेको पुष्टि भयो ।

    उता ती महिलाका वकिलले भने महिला ती वृद्धकी भतिजी रहेको र उनका काका बैंकमा आउनुअघि सम्म जीवितै रहेको दाबी गरेका छन् । प्रहरीले भने मृतक वृद्धको नामबाट कर्जा लिएर ठगी गर्नका लागि ती महिलाले शवलाई लिएर बैंकमा गएको र उनी ती वृद्धको नजिकको भतिजी पनि नरहेको दाबी गरेको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.