सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ट्रकमा म्याजिक गाडी ठोक्कियो, १७ जना घाइते, दुई गम्भीर


  •    न्युजभित्तो/६ बैशाख २०८१, बिहीबार १६:३७ 
  • चितवन, ६ वैशाख । चितवनमा विपरित दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना घाइते भएका छन् ।

    आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ चौध किलो भन्ने स्थानमा मुग्लिनबाट नारायणगढ तर्फ आइरहेको ना१ज ४९५७ नम्बरको म्याजिकको टायर पंचट भई बिपरित दिशाबाट आइरहेको प्रदेश २–०३–००१ख ०७०६ नम्बरको ट्रकमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

    दुर्घटनामा म्याजिकमा सवार चालक सहित घाइते भएका १७ जनालाई भरतपुरको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । दुर्घटनामा इच्छाकामना गाउँपालिका–४ की ४८ वर्षीय माया राना र ईच्छाकामना–३ की ३३ वर्षीय तारा गुरुङ गम्भीर घाइते भएका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा अपरेशन भइरहेको चितवन प्रहरी प्रवक्ता श्रीराम भण्डारीले नारायणी अनलाइनलाई जानकारी दिए । ट्रकचालक मकवानपुर वकैया गाउँपालिका–३ बस्ने २४ वर्षीय सन्तवीर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरु सबै इच्छाकामना गाउँपालिकाका रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.