पोखरामा जिप र माइक्रोबस ठोक्किंदा ८ चिनियाँ नागरिक घाइते
न्युजभित्तो/६ बैशाख २०८१, बिहीबार ११:२०
पोखरा, ६ वैशाख । पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् ।
शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो जिप र ड्याम साइडबाट रत्नचोक तर्फ जाँदै गरेको हाइस माइक्रोबस आज बिहान ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका हुन् ।
दुर्घटनामा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकहरुमध्ये ८ जना घाइते भएका हुन् । घाइतेहरुको अवस्था मध्यम रहेको र उनीहरुलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।