सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अपाङ्गता भएकालाई ह्वील चियर प्रदान


  •    न्युजभित्तो/५ बैशाख २०८१, बुधबार १६:३४ 
  • काठमाडौं, ५ वैशाख । हजुरलाई नमस्ते सामाजिक संस्थाले शारीरिकरुपमा अपाङ्गता भएकाहरुलाई ह्वील चियर वितरण गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका नेता तथा समाजसेवी डा। ताराबहादुर कुँवरले शारीरिक रुपमा अशक्त भएकाहरुलाई सहयोगस्वरुप ह्वील चियर प्रदान गर्नुभएको हो । उहाँले संस्थामार्फत काभ्रेका विभिन्न पालिकामा रहेका वृद्धवृद्धा, असहाय, बालबालिका, अशक्त र एकल महिलाहरुलाई सहयोग गर्दै आउनुभएको छ । हालै मात्र समाजसेवी कुँवरले भुम्लु गाउँपालिकाका वडा नम्बर ६ र ८ मा रहेका शारीरिक अशक्तहरुलाई एक–एकवटा ह्वील चियर उपलब्ध गराउनुभएको थियो ।

    कुँवरले अहिलेसम्म एकल सक्रियतामा सामाजिक गतिविधि अगाडि बढाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हजुरलाई नमस्ते संस्थामा कसैको पनि आर्थिक सहयोग छैन । जे जति सेवा गर्न सकेँ त्यो सबै व्यक्तिगत खर्चबाट गरिएको हो ।’ आर्थिक रुपमा कमजोर, सामाजिक अपहेलनामा परेका, शारीरिक रुपमा हिँडडुल गर्न नसक्ने, सहाराविहीनहरुलाई थोरै भए पनि सहयोग गर्ने उद्देश्यले सामाजिक कार्यको थालनी गरिएको उहाँको भनाइ छ ।

    विगत लामो समयदेखि दुवै खुट्टा नचलेर हिँडडुल गर्न नसक्ने काभ्रे भुम्लु–६ का हीरालाल दमाई, ८ का धनबहादुर तामाङ र चम्पा लामाले चियर पाए पछि खुसी व्यक्त गर्दै समाजमा कुँवरजस्ता समाजसेवी र मनकारी मान्छे अझै रहेछन् भन्दै प्रशंसा गर्नुभएको छ । ‘मैले साह्रै दुःख पाएको थिएँ । मेरो कारण परिवारले झन् धेरै सास्ती र हैरानी खेप्नुपरेको थियो । चियर पाएपछि अब समाएर हिँडाउनुपर्दैन । यही चियर घुमाएर आफैं भित्रबाहिर गर्न सक्ने भएको छु’ –चियर पाएपछि धनबहादुर लामाले हर्षित हुँदै भन्नुभयो ।

    समाजसेवी कुँवरले यसअघि पुस, माघको जाडो महिनामा वृद्धवृद्धा र बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको थियो । साथै पाँचखाल नगरपालिकाको रानीपानी, भुम्लुमा गरी १ सय ३५ थान ब्लाङ्केट बाँडिएको थियो । उहाँले बालबालिकाको शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले भुम्लु गाउँपालिका–८ स्थित श्री प्रकाश उच्च माध्यमिक विद्यालयमा एक लाख रुपियाँ बराबरको व्यक्तिगत अक्षय कोष स्थापनार्थ सहयोग गर्नुभएको थियो । हजुरलाई नमस्ते संस्थामार्फत कुँवरले हालसम्म ८ वटा चियर, १ सय ३५ थान ब्लाङ्केट, १५ थान स्वयम्सेवक सेफ्टी ज्याकेट, विद्यार्थीका लागि विद्यालय पोसाक वितरण गरिसकेको अध्यक्ष डा। कुँवरले बताउनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.