सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धूमपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगञ्ज


  •    न्युजभित्तो/४ बैशाख २०८१, मंगलवार १४:५५ 
  • बाँके, ४ वैशाख । नेपालगञ्ज उपमहानगरपालिकाले धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ । नयाँ वर्ष २०८१ को प्रारम्भसँगै धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको उपमहानगर कार्यालयले जनाएको छ ।

    पहिलो चरणमा सचेतना प्रवर्द्धन र कानुनी प्रावधानबारे सचेत बनाउने गरी उपमहानगर अगाडि बढेको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । धूमपान तथा सुर्तीजन्य पदार्थको कानुनसम्मत बिक्री वितरण, सार्वजनिक ठाउँमा पूर्णरुपमा सेवन निषेध तथा आमरुपमा सेवनदर घटाउने उद्देश्यका साथ अभियान थालिएको उहाँले जानकारी दिनुभयो ।

    धूमपान र सुर्तीजन्य पदार्थको सेवनले निम्त्याउने स्वास्थ्य जटिलता, पारिवारिक तनाव र सामाजिक व्यवहारको असरलाई आमनागरिकमा सञ्चार गर्दै स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाइने प्रमुख विष्टको भनाइ छ ।

    सचेतना प्रवर्द्धको अभियानसँगै दण्ड, जरिवाना र कारबाहीको प्रक्रियालाई पनि अगाडि बढाउने नीति उपमहानगरले लिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । उहाँले सार्वजनिक ठाउँ, निकाय र पसलहरुमा नियमन गर्ने बताउँदै पालना नगरेको पाइए सुर्तिजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐन, २०६८ बमोजिम कारबाही गरिने स्पष्ट पार्नुभयो ।

    नेपालगञ्ज उपमहानगरपालिकाले आज बिहान प्रभातफेरी गरेर अभियानको औपचारिक सुरुआत गरेको छ । धूमपान तथा सुर्तिजन्य पदार्थ नियन्त्रण, नियमन तथा सचेतनामूलक प्रभातफेरी गरिएको प्रमुख विष्टले बताउनुभयो । भेरी अस्पतालबाट सुरु भएको प्रभातफेरी त्रिभुवनचोकमा पुगेर समापन भएको थियो ।

    प्रभातफेरीमा नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्की, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, सर्वसाधारण, पत्रकारलगायतको उपस्थिति थियो ।

    प्रभातफेरी पश्चात् आयोजित कार्यक्रमलाई नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी पोखरेल र प्रहरी प्रमुख कार्कीले सम्बोधन गर्दै धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि आम नगरवासीको साथ आवश्यक रहेको बताउनुभयो । स्वस्थ र सुसंस्कृत समाज निर्माणका लागि प्रत्येक नागरिकले स्वतःस्फूर्त धूमपान र सुर्तिजन्य पदार्थ त्याग्ने प्रतिज्ञा गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।

    धूमपान र सुर्तिजन्य पदार्थको सेवनले मुटु रोग, क्यान्सर जस्ता खतरनाक रोगको जोखिम बढाइरहेको छ । एक अध्ययन अनुसार कूल मृत्युको १५ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ । २९।९ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको प्रमुख विष्टले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.