सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तर्राष्ट्रिय समितिमा सभापतिसहित सांसदहरू नआएपछि बाहिरिए मन्त्री


  •    न्युजभित्तो/४ बैशाख २०८१, मंगलवार १४:४४ 
  • काठमाडौं, ४ वैशाख । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सभापतिसहित सांसदहरू नै उपस्थित नभएपछि स्थगित गरिएको छ। मंगलबार बिहान साढे १० बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बोलाइएको थियो।

    उक्त बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगे। तर सभापति, अन्य सांसदहरू भने उपस्थित थिएनन्। सांसदहरू तोकिएको समय भन्दा १५ मिनेट पछिसम्म पनि पुगेनन्।

    बैठक सञ्चालनका लागि १४ जना सांसद हुनुपर्छ। तर ८ जनामात्रै उपस्थित भएपछि मन्त्री श्रेष्ठ समितिको बैठकबाट बाहिरिएका हुन्। मन्त्री श्रेष्ठपछि मन्त्रालयका सचिव र कर्मचारी पनि बैठक छोडेर बाहिरिएका थिए। समितिका सभापतिसहितका सांसदहरूले समयको ख्याल नगर्दा बैठक स्थगित भएको हो।

    समितिको आजको बैठकमा नेपाल सरकार ९मन्त्रीस्तर०बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण उद्देश्य एवं उपलब्धि सहित०, इसराइल, रूस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरुको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षहरू) का बारेमा छलफल हुने कार्यक्रम थियो। न्युज एजेन्सी नेपाल

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
    एक लाख ३६ हजार पशुलाई खोप
    आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
    • आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
    • ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    • फरार भारतीय कैदी पक्राउ
    • एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.