सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचन प्रणाली बदल्न कांग्रेस र एमाले मिल्नु पर्छः गगन थापा


  •    न्युजभित्तो/४ बैशाख २०८१, मंगलवार १२:४९ 
  • कैलाली, ४ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सृजना गर्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् ।

    समुदायमा कांग्रेस अभियान अन्तर्गत धनगढीमा रेशम रन्जिता विवादलाई सङ्केत गर्दै उनले मुलुकमा साना पार्टी नरहने अवस्था सृजना गर्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका हुन् । उनले भने, ‘सानापार्टीका कारण घर झगडा बढिरहेको छ । साना दोकानहरू बन्द गराउनुपर्ने अवस्था छ ।’ थापाले नेपाली कांग्रेसले आगामी एक वर्ष सम्म सरकारमा जान नहुने बताए ।

    ‘२०८१ साल भरि सिंहदरबारतिर फर्केर नहेरौँ । बालुवाटार तिर पनि फर्केर नहेरौँ’ उनले भने । थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एमालेले पनि गर्न नहुने बताए ।

    ‘चुनाव अगाडिको गठबन्धन असफल भयो । अब नेपाली कांग्रेसले त गर्दै गर्दैन । अब नेकपा एमालेले पनि गर्दैन ’ उनले भने, ‘अब निर्वाचन प्रणाली बदल्नु पर्छ त्यसको लागि कांग्रेस र एमाले मिल्नु पर्छ । ’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.