सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चेपाङ गाउँमा खरको छानो विस्थापित


  •    न्युजभित्तो/३ बैशाख २०८१, सोमबार १४:१३ 
  • भरतपुर (चितवन), ३ वैशाख । कुनै समय खरले छाएका राप्ती नगरपालिका–१३ लोलिङ गाउँका घरहरु यतिबेला जस्तापाताले विस्तापित भएका छन् । कूल २७ घरधुरी रहेको लोलिङ चेपाङ जातिको बसोबास रहेको गाउँ हो । 

    जस्ताका छाना हालेसँगै खर काट्न भिरपाखामा जानुपर्ने बाध्यता पनि अन्त्य भएको स्थानीय सोमबहादुर चेपाङले बताउनुभयो । “जस्तापाता भएपछि यतिबेला हामीलाई सहज भएको छ, खर काट्न भीर पाखामा जानु नपर्ने भएको छ”, उहाँले भन्नुभयो, “आगलागीको जोखिम कम भएको छ ।”

    विसं २०७२ को भूकम्पपछि यहाँका घरमा जस्तापाता लगाउन थालिएको हो । “कतिपय ठाउँमा भूकम्पको उठिबास नै लगाए पनि लोलिङमा छानो फेर्ने माध्यम बन्यो”, सोमबहादुरले भन्नुभयो, भूकम्पले आंशिक क्षति पु¥याएको गाउँमा केहीले सरकारी राहत पाएका थिए भने केहीले दातृ संस्थाहरुको साथ पाएका थिए । कतैबाट सहयोग नपाउनेले पनि आफैँले जस्ता ल्याए । कतिले ऋण काडेर भए पनि जस्ता हाले ।

    “आर्थिक अवस्था कमजोर भएकाले चाहेर पनि घर जस्तापाताले छाउन सकिएको थिएन”, स्थानीय मनमाया चेपाङले भन्नुभयो, “वर्षौंसम्म खरको छानामुनि बस्दै आएका थियौँ । अहिले खर विस्थापित गरेर जस्तापाताले घरमा बस्न पाउँदा खुसी छौँ ।” 

    खरको छाना भएको घर गर्मीमा शीतल र जाडोमा न्यानो हुने भए पनि सर्प र आगलागीको खतरा हुने भन्दै उहाँले सजिलै खर पनि नपाउँदा समस्या झेल्दै आएको बताउनुभयो । घर जस्तापाताले छाउन पाएर उहाँसंगै अन्य गाउँलेहरु पनि खुसी छन् ।

    खरको छानो राख्दा बर्सेनि फेरिरहनुपर्ने, हिउँदमा आगलागीको जोखिम बढी हुनेजस्ता कारणले पनि मानिस जस्ताप्रति आकर्षित हुने गरेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार गाउँमा सबैको घर खरले छाउँदा चितवनतर्फको खरले नपुगेर धादिङतर्फको भिरमा गएर काट्नुपर्ने बाध्यता थियो । भिरपाखामा गएर खर काट्नु त्यत्तिकै जोखिम थियो । घरमा ल्याएर छाइसकेपछि पनि कहिले वर्षदिन नपुग्दै चुहिने, हिउँद लागेपछि आगो लाग्ने डर उत्तिकै थियो । तर, जस्ता लगाएपछि धेरै नै सुरक्षित भएको उहाँले बताउनुभयो । 

    चितवन र धादिङको सिमाना कान्द्राङगढीको काखमा रहेको यो गाउँलाई भण्डारा–मलेखु जोड्ने चेपाङमार्गले सहज बनाएको छ । उनीहरुलाई बजारका लागि आफ्नै नगरपालिकाको मुख्य बजार भण्डाराभन्दा धादिङको बेनिघाट रोराङ गाउँपालिकाको मलेखु पुग्न नजिक र सहज छ । लोलिङ गाउँको अवस्था पछिल्लो दशकमा केही सुधार भएको चेपाङ संरक्षणमा करिब डेढ दशक बिताउनुभएका केपी किरण शर्मा बताउनुहुन्छ । 

    “चेपाङ समुदायको अवस्था परिवर्तन हुँदै आएको छ”, उहाँले भन्नुभयो, “सबै चेपाङ गाउँ परिवर्तन भएको देख्न अझै केही दशक कुर्नैपर्छ, किनकी परिवर्तन भन्ने कुरा तत्काल भइहाल्ने कुरा होइन ।” 

    राप्ती नगरपालिका–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले वडाका धेरै ठाउँमा खरका छाना विस्थापित भएको भन्दै बाँकी रहेका घरलाई पनि आगामी योजनामा समावेश गरेर काम गरिने बताउनुभयो । उहाँले स्थानीयस्तरको बजेटले सबै काम सम्पन्न गर्न नसकिने भन्दै सङ्घ र प्रदेश सरकारले पनि दूरदराजमा रहेका गाउँलाई हेर्नुपर्ने बताउनुभयो ।  रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.