सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा


  •    न्युजभित्तो/८ भाद्र २०८३, सोमबार १८:४५ 
  • काठमाडौँ, ८ भदौ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराकी मन्जु देवी बोहराविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

    आयोगका अनुसार डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित भगवती प्राथमिक विद्यालय, पर्सेरावलमा बालविकास सहजकर्ताका रूपमा कार्यरत बोहराले नियुक्तिका क्रममा भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्बाट सन् २०१० मा हाईस्कुल परीक्षा उत्तीर्ण गरेको देखाउने नक्कली लब्धाङ्कपत्र र प्रमाणपत्र पेस गरेकी अनुसन्धानबाट पुष्टि भएको छ ।

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिई बहाल रही पारिश्रमिक, भत्तालगायतका लाभ तथा सुविधा लिएको देखिएकाले बोहराको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर भएको आयोगले जनाएको छ ।

    आयोगले सोही कसुरमा कानुनबमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.