सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको राप्तीमा ट्रक र टिपर आपसमा ठोक्किँदा चार जना घाइते


  •    न्युजभित्तो/३ बैशाख २०८१, सोमबार ११:४२ 
  • चितवन, ३ वैशाख । चितवनको राप्ती नगरपालिका–१ पिप्लेस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र टिपर ठोक्किएका छन् ।

    लोथरबाट भण्डारातर्फ आउँदै गरेको ना ७ ख ४५७८ नम्बरको टिपर र बिपरित दिशातर्फ जाँदै गरेको ना ८ ख ४०९३ नम्बरको ट्रक आज बिहान ७ बजेको समयमा एक आपसमा ठक्कर खाँदा चार जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

    घाइते हुनेहरुमा ट्रक चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१६ बस्ने ३० वर्षीय साजन मगर, ट्रकमा सवार राप्ती–२ बस्ने ३० वर्षीय अमित थापामगर, ट्रकमा सवार हेटौंडा–१६ बस्ने ३० वर्षीय रमेश चौलागाँई र टिपरको सहचालक मनहरी गाउँपालिका–६ बस्ने ३२ वर्षीय पुकार राई रहेका छन् । टिपर चालक फरार रहेको प्रहरीले बताएको छ ।

    ट्रकमा सवार साजनको दाँहिने हात र टाउकोमा मध्यम, अमितको घाँटीमा सामान्य र रमेशको टाउकोमा मध्यम चोट लागेको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । टिपरमा सवार पुकारको दाहिने हातमा मध्यम चोट लागेको उनले बताए ।

    फरार रहेका टिपर चालकको खोजतलास भइरहेको भण्डारीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.