सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालीकोटका चार स्थानीय तहबाटै नून वितरण


  •    न्युजभित्तो/२ बैशाख २०८१, आईतवार १६:२६ 
  • कालीकोट, २ वैशाख । कालीकोट जिल्लाका नौ स्थानीय तहमध्ये चार स्थानीय तहले साल्टट्रेडिङ कर्पोरेसन कालीकोटसँग समन्वय गरी स्थानीय तहबाट आयोडिनयुक्त नून बिक्रि वितरण सुरु गरेका छन् ।

    जिल्लाका रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, महाबै र सान्नी त्रिवेणी गाउँपालिकाले आफैँ नून खरिद गरी नागरिकलाई बिक्रि वितरण गर्न थालेका हुन् ।

    खाँडाचक्र नगरपालिका(१ मान्ममा रहेको साल्टट्रेडिङ कर्पोरेसनमा नुन खरिद गर्न जाँदा लागत बढी र समय धेरै लाग्ने भएकाले स्थानीय तहबाटै बिक्री वितरण गर्न थालिएको हो ।

    सान्नी त्रिवेणीले नौवटै वडाका नागरिकका लागि पहिलो चरणमा एक सय ७५ क्विन्टल नून खरिद गरेर बिक्रि गर्न थालेको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताउनुभयो ।

    “आयोडिनयुक्त नून गाउँमै उपलब्ध गराउने उद्देश्यले प्रत्येक वडामा नून ढुवानी गरी तत्काल वितरण थालिएको छ”, उहाँले भन्नुभयो, “विगतमा नून लिन रु दुई हजारभन्दा बढी खर्च र पूरै एक दिन समय लगाएर सदरमुकाम पुग्नुपथ्र्यो ।”

    साल्ट ट्रेडिङ कर्पोरेसनसँगको सहकार्यमा नगरपालिका केन्द्रमै अस्थायी डिपो स्थापना गरी नून बिक्रि गरेको तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयो ।

    “लामो प्रयासपछि स्थानीय तहबाटै नून बिक्रि वितरण हुन थालेको छ”, उहाँले भन्नुभयो, “अहिले अस्थायी कार्यालय खोलेर वितरण थालेपनि यसलाई स्थायी बनाइ नियमित वितरणको तयारीमा छौँ ।”

    यसअघि रास्कोट नगरपालिकाले स्थानीय तहबाटै नून बिक्रि वितरण गर्दै आएको थियो । “हामीले गत वर्षदेखि रास्कोटबाट नून वितरण गर्दै आएका छौँ”, रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले भन्नुभयो, “यसले नागरिकको समयको बचत र नागरिकको खर्च बचत भएको छ ।”

    महाबै गाउँपालिकाले गाउँबाटै नून वितरण सुरु गरिसकेकोले नागरिकले नूनको लागि खेप्नुपर्ने सास्ती हटेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो ।

    गाउँबाट सदरमुकाम नून लिन जान रु दुई हजारभन्दा बढी खर्च लाग्ने गर्छ । प्रतिकिलो रु नौ पर्ने नूनका लागि लागत खर्च धेरै भएको नरहरिनाथ गाउँपालिकाका(९ लालुका रामबहादुर शाहीले बताउनुभयो ।

    “यहाँबाट सदरमुकाम जान एक दिन समय लाग्छ, पाँच किलो नून ल्याउन गाडी भाडा रु दुई हजार लाग्छ”, उहाँले भन्नुभयो, “गाउँमै नून उपलब्ध हुँदा हामीलाइ सजिलो भएको छ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.