सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिकित्सक नहुँदा थन्किए उपकरण


  •    न्युजभित्तो/२ बैशाख २०८१, आईतवार ११:०९ 
  • हेटौँडा, २ वैशाख । अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताउनुभयो ।

    बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएको बताउँदै सञ्चालक सदस्य चौलागाईंलेचाँडोभन्दा चाडो चिकित्सक नियुक्तिका निम्ति सम्बन्धित निकायलाई घच्घच्चयाइरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “मुटुरोग विशेषज्ञको नियुक्तिका लागि गरिएको विज्ञापनमा एक जना चिकित्सकको आवेदन प¥यो तर उमेरका कारण उहाँलाई नियुक्ति दिन मिलेन । विज्ञापन भएका बेला निवेदन पर्दैनन् र परेका निवेदनमा पनि उमेर नपुग्ने, मापदण्ड पूरा नहुनेलगायत विविध समस्या आइलाग्छन्”, अन्य उपकरण अन्य विशेषज्ञबाट पनि चलाउन सकिने तर मुटुरोगका उपकरण मुटुरोग विशेषज्ञबाहेकले चलाउन नसक्ने भएकाले चिकित्सक नियुक्तिबिना उपकरण प्रयोगमा ल्याउन कठिन भएको उहाँको भनाइ छ ।

    अस्पतालले स्त्रीरोग विशेषज्ञ सेवा सञ्चालन गरेपछि मधेस प्रदेशबाट सुत्केरी हुन आउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । हाडजोर्नी, छालारोग, सघन उपचार कक्षलगायत सेवा पनि उपलब्ध भएकाले अस्पतालमा बिरामीको चाप बढेको सदस्य चौलागाईंले बताउनुभयो ।

    रोटरी क्लब अफ मकवानपुरको सहयोगमा आठ महिनाअघि ल्याइएको रु एक करोडको उपकरण प्रयोगविहीन छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीधर अर्यालले विशेषज्ञ चिकित्सकको शीघ्र व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.