सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैँडाकोट ईङ्लिस स्कुलको रेकर्ड ब्रेकःनगरस्तरीय आधारभूत तहको बार्षिक परीक्षामा शतप्रतिशत नतिजा


  •    न्युजभित्तो/२९ चैत्र २०८०, बिहीबार २०:५५ 
  • गैडाकाेट, २९ चैत ।पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको नगरको एकमात्र “क” वर्गको गैँडाकोट ईङ्लिस स्कुलले नगरस्तरीय आधारभूत तहको बार्षिक परिक्षामा सतप्रतिशत नतिजा हाँसिल गरेको छ । चैत्र ४ गतेदेखि १० गतेसम्म लिइएको आधारभूत तहको (बीएलई) परिक्षामा सहभागि ६१ जना विद्यार्थीहरु उर्तिण भएको स्कुलले जनाएको छ ।

    गैँडाकोट ईङ्लिस स्कुलका प्राचार्य हिरालाल अर्यालले कक्षा ८ को बार्षिक परिक्षामा सहभागि भएका ६१ ज्ना विद्यार्थीहरु सबै उर्तिण भएको उज्यालो खबरलाई जानकारी दिनुभयो ।उतिर्ण भएका विद्यार्थीहरु मध्ये २३ जनाले ३.६ देखि ४ जीपीए, २९ जना विद्यार्थीले ३.२ देखि ३.६ र ९ जना विद्यार्थीहरुले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् । गैँडाकोट नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय गरि ३६ वटा विद्यालयहरु सहभागि भएकोमा ३५ विद्यालयहरुलाई उछिन्दै गैँडाकोट ईङ्लिस स्कुलले रेर्कड ब्रेक गर्न सफल भएको हो ।

    गैँडाकोट क्षेत्रका संस्थागत विद्यालयहरु मध्ये युनिक इङ्लिस बोडिङ स्कुलका ८ जना अम्मर ईङ्लिस सेकेन्डरी बोडिङ स्कुलका २ जना विजय सामुदायिक शिक्षा सदनका १३ जना, गैँडाकोट नमुना माविका ८ जना, सरस्वती निकेतनका ९ जना, साइनिङ बोडिङ इङ्लिस स्कुलका ९ जना, बालबिकास इङ्लिस बोडिङ स्कुलका १३ जना, कन्टीनेन्टल इङ्लिस बोडिङ सेकेन्डरी स्कुलका ३ जना ,अक्सफोर्ड सेकेन्डरी स्कुलका २ जना, ज्ञानकुन्ज इङ्लिस बोडिङ सेकेन्डरी स्कुलका ५ जना, स्मर्लहर्ट एकेडेमीका १ जना, सूर्योदय विद्या मन्दिरका ३ जना,मुकुन्दसेन बोडिङ स्कुलका ५ जना र किड्स होम एकेडेमीका ३ जना विद्यार्थीहरु अनुतिर्ण भएका छन् ।

    आधारभूत तह (कक्षा ८) को बार्षिक परिक्षामा १५३६ जना विद्यार्थीहरु सहभागि भएकोमा ४५९ जना विद्यार्थीहरु अनुतिर्ण भएका छन् । २ विषय सम्म लागेका विद्यार्थीहरु बैशाख १३ र १४ गते सञ्चालन हुने ग्रेडबृद्धि परिक्षामा सहभागि हुन पाउने गैँडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख डा.बालकृष्ण चापागाइले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.