सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालबालिकालाई चस्मामा लाग्ने शुल्कमा छुट


  •    न्युजभित्तो/२८ चैत्र २०८०, बुधबार १३:३२ 
  • रसुवा, २८ चैत । तिलगङ्गा सामुदायिक आँखा केन्द्र धुञ्चेले दृष्टि कमजोर भएका स्कुले छात्रछात्राले लगाउने चस्मामा लागत मूल्यमा सहुलियत छुट दिन थालेको छ ।

    विद्यालयले गरेको सिफारिस वा निजका साथमा रहेको परिचयपत्रका आधारमा विद्यार्थीले रोजेका चस्माको मूल्यमा सहयोगस्वरुप केन्द्रले प्रतिविद्यार्थी रु एक हजारका दरले छुट दिन थालेको हो । दृष्टि कमजोर भएका विद्यार्थीलाई चस्मामा छुट दिन थालेपछि हिमाली ग्रामीण क्षेत्रका विपन्न छात्रछात्रालाई ठूलो राहत भएको विद्यालयका शिक्षकहरु बताउँछन् । उक्त सुविधा जिल्लामा नै पहिलो पटक दिइएको केन्द्रले जनाएको छ ।

    सम्बन्धित विद्यालयको सिफारिसका आधारमा ७० जना छात्रछात्रालाई आँखाको शक्ति परीक्षण गरी रु एक हजार छुट सहुलियतमा चस्मा प्रदान गरिएको केन्द्रकी प्रमुख उर्मिला तामाङले जानकारी दिनुभयो । विद्यार्थीको आँखामा केही समस्या देखिएमा तुरून्तै धुञ्चेस्थित तिलगङ्गा आँखा केन्द्रमा परीक्षणका लागि पठाएर सहयोग गरिदिन अनुरोध गरिएको उहाँले बताउनुभयो ।

    वार्षिक कार्यप्रगति सार्वजनिक गर्ने क्रममा केन्द्रका अधिकृत रामसिंह तामाङले केन्द्र सन् २००६ देखि जिल्लामा आँखाको उपचारमा संलग्न रहेको जानकारी दिनुभएको थियो । उहाँले शरीरका महत्वपुर्ण अङ्गमध्येमा पर्ने आँखालाई सुरक्षित राख्ने एक मात्र उपाय नियमित परीक्षण गर्ने र चस्मा लगाउने रहेको बताउनुभयो ।

    रेडक्रस सभापति एवं रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रममा सहभागी नेपाली कांग्रेसका लछिन तितुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) की रितुपेमा तामाङ, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)का केन्द्रीय सदस्य साङतेम्वा तामाङलगायत वक्ताले जिल्लास्थित रेडक्रस र केन्द्रले सञ्चालन गरेको आँखाको उपचार सेवा हिमाली जिल्ला रसुवाका लागि प्रभावकारी बन्दै गएको बताउनुभएको थियो । विभिन्न समयमा गाउँगाउँमा गरिएका निःशुल्क आँखा शिविर थप लोकप्रिय र प्रभावकारी बनेको सहभागीको भनाइ थियो ।

    आँखालाई सुरक्षित राख्न प्रत्येक नागरिकले छरछ महिनामा अनिवार्य परीक्षण गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् । धुञ्चेमा परीक्षण तथा प्राथमिक उपचारपश्चात् शल्यक्रिया गर्नुपरेमा काठमाडौँस्थित तिलगङ्गा आँखा अस्पतालमा वा अन्य सुविधायुक्त स्थानमा पठाउने गरिएको केन्द्रले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.