सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नदीजन्य पदार्थको उत्खननबारे अध्ययन गर्न कार्यदल गठन


  •    न्युजभित्तो/२८ चैत्र २०८०, बुधबार १२:०४ 
  • काभ्रेपलाञ्चोक, २८ चैत । काभ्रेपलाञ्चोकमा सञ्चालित नदीजन्य सामग्री उत्खनन तथा ढुवानीबारे अध्ययन गर्न जिल्लास्तरीय कार्यदल गठन भएको छ । कार्यदलले जिल्लास्थित नदीजन्य र खानीजन्य उद्योगमा उत्खननदेखि बिक्रीसम्मका गतिविधिको सूक्ष्म अध्ययन गर्नेछ ।

    जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा गठन भएको कार्यदलमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल १५ नम्बर गणका अधिकृत, डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला समन्वय समितिका अधिकृत सदस्य रहेको कार्यदलले एक महिना अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ । समितिलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिसमक्ष प्रस्तुत गर्ने कार्यादेश दिइएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले राससलाई बताउनुभयो ।

    नदीजन्य पदार्थको सङ्कलन, उत्खनन वा ढुवानीकर्ताले सङ्कलन वा उत्खनन गरिने स्थानको लम्बाइ, चौडाइ तथा गहिराइसहितको चारकिल्ला तोकिनुपर्ने, उत्खनन गर्ने अवधि,गुनासो सुन्ने अधिकारीको नाम, पद र सम्पर्क नम्बर उत्खनन वा सङ्कलनस्थलमा राख्ने व्यवस्था मिलाउने निर्णय जिल्लास्थित सरोकारवालाको बैठकले गरेको छ ।

    यसैबीच, क्षमताभन्दा अधिक सामान बोक्ने टिपर र सामग्री लोड गर्ने क्रसर तथा खानी दुवैलाई कारबाही गरिने भएको छ । बैठकले ‘ओभर लोड’ बोक्ने टिपरलाई प्रतिटिप रु २५ हजार जरिवाना निर्धारण गरेको छ । मङ्गलबार भक्तपुर र काभ्रेपलाञ्चोकको सीमानाका साँगामा ओभरलोड बोक्ने २६ टिपरलाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार एक महिनाको अवधिमा ओभर लोड बोक्ने एक सय ४० टिपरलाई कारबाही गरिएको छ ।

    हेलम्बु राजमार्ग, अरनिको राजमार्ग, बिपी राजमार्ग र सहायक मार्ग हुँदै काभ्रपलाञ्चोकबाट दैनिक दुई हजार पाँच सय टिपरबाट काठमाडौँ उपत्यकामा निर्माण सामग्री ढुवानी हुँदै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.