सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पैँतालीस वर्षमा चार करोड ३६ लाखको आँखा उपचार


  •    न्युजभित्तो/२७ चैत्र २०८०, मंगलवार १४:५४ 
  • चितवन, २७ चैत । नेपाल नेत्रज्योति सङ्घबाट सञ्चालन भएका चितवनको आँखा अस्पताल र आँखा उपचार केन्द्रहरुले स्थापनादेखि हालसम्म नेपाली र विदेशी गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई सेवा प्रदान गरेको छ ।

    विसं २०३५ मा स्थापना भएको सङ्घले गएको ४५ वर्षमा ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरेको छ ।

    सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले विभिन्न देशमा रहेका नेपाली दूतावाससँगको समन्वय र सहकार्यमा सम्बन्धित देशमा रहेका नेपाली श्रमिकका लागि सोही देशमै आँखा उपचार सेवा प्रवाह गर्दै आएको बताउनुभयो ।

    सङ्घले थाइल्यान्ड, बङ्गलादेश, ओमान, म्यान्मा, कतारजस्ता देशमा रहेका नेपाली श्रमिकलाई आँखा उपचार सेवा प्रवाह गर्ने र विदेशीलाइ नेपालमा आँखा उपचारका लागि आकर्षित गर्ने लक्ष्यसहित आँखा शिविर सञ्चालनको आवश्यक प्रक्रिया अगाडि बढाएकोे जनाएको छ । बङ्गलादेशमा पहिलो चरणमा आँखा शिविर सम्पन्न भइसकेको सङ्घका अध्यक्ष पन्तले बताउनुभयो ।

    नेपाल सरकार तथा विभिन्न विकास साझेदारसँगको सहकार्यमा सन् २०३० सम्ममा हरेक स्थानीय तहसम्म आँखा उपचार सेवा विस्तार गर्ने सङ्घको लक्ष्य छ । नेपालबाट उपचारपछि निको हुने अन्धोपनको समस्या निवारण गर्ने लक्ष्य रहेको अध्यक्ष डा पन्तले बताउनुभयो ।

    उहाँका अनुसार सन् १९८१ मा गरिएको राष्ट्रिय सर्वेक्षणले नेपालमा अन्धोपनको अवस्था जनसङ्ख्याको आधारमा ०.८४ प्रतिशत रहेको थियो । त्यसको ठीक ४० वर्षपछि सन् २०२१ मा गरिएको अध्ययनले अन्धोपनको समस्या घटेर ०.२८ प्रतिशतमा झरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.