सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निशान र ऋचाले गरे सम्बन्धबिच्छेद


  •    न्युजभित्तो/२६ चैत्र २०८०, सोमबार १६:२८ 
  • काठमाडौं, २६ चैत । नेपाल आइडल पहिलो सिजनका फर्स्ट रनअरप एवम् चर्चित गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले डिभोर्स गरेका छन्। अदालतमै पुगेर बिहे गरेका उनीहरूबीचको सम्बन्धमा समस्या आएपछि गत चैत ७ गते डिभोर्स भएको हो।

    जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासमा यी दुई कलाकारको सम्बन्धबिच्छेद भएको हो। अदालतले सम्बन्धविच्छेदका लागि दिइएको निवेदनमा आदेश जारी गर्दै मिलापत्रमार्फत टुंग्याइदिएको हो। अदालतले पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षले सहीछाप गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ।

    उनीहरूले दुई वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले २०७७ साउन २७ गते काभ्रे जिल्ला अदालतमा पुगेर कानुनी बिहे गरेका थिए। त्यसबेला नेपाल बार एशोसियसन काभ्रेका पूर्वअध्यक्ष अधिवक्ता रमेश हुमागाईंले निशान र ऋचाको कानुनी बिहे गराइदिएका थिए। प्रेम सम्बन्धमा रहेका बेला निशानले ऋचासँग ‘लाहुर जाने रेल’ बोलको गीतमा अभिनय पनि गरेका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.