सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षक र व्यवस्थापन समितिका सदस्यले सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने


  •    न्युजभित्तो/२६ चैत्र २०८०, सोमबार १४:२६ 
  • दाङ, २६ चैत । तुलसीपुरस्थित एक सामुदायिक विद्यालयले शिक्षक र व्यवस्थापन समितिका सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ ।
    वडा नं ६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, शिक्षक अभिभावक सङ्घमा आबद्ध तथा शिक्षकले सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो । समितिको आइतबार बसेको निर्णयअनुसार सन्तानलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमै पढाउनुपर्नेछ ।

    विद्यालयका प्रधानाध्यापक भागवत पौडेलका अनुसार सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधारका लागि समिति, शिक्षक तथा सङ्घमा आबद्धहरुले सोही विद्यालयमा पढाउनुपर्ने निर्णय भएको बताउनुभयो । यसले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने प्रधानाध्यापक पौडेलको विश्वास छ ।
    साथै आगामी शैक्षिकसत्रदेखि तीन विषयमा ‘ग्रेस माक्र्स’ थप गरी कक्षा चढाउने परम्परालाई पनि बन्द गर्ने विद्यालयले निर्णय गरेको छ । विद्यार्थीलाई सक्षमताका आधारमा कक्षा वृद्धि गर्दा नै त्यसले शैक्षिकउपलब्धि हासिल हुने प्रधानाध्यापक पौडेलले बताउनुभयो ।

    तीन माध्याममा पढाइ
    विद्यालयले आगामी वर्षदेखि तीन तहमा पठनपाठन गराउनेसमेत तयारी गरेको छ । नेपाली, अङ्ग्रेजी र विशिष्टखालको अङ्ग्रेजी माध्याममा पठनपाठन गराउनेसमेत प्रधानाध्यापक पौडेलले बताउनुभयो । उहाँले शिशु, एलकेजी र युकेजीमा २५र२५ जना, कक्षा १ देखि ५ सम्म ३०र३० जना र ६ देखिमाथि ४०र४० जनालाई त्यस्तो शिक्षा दिने तयारी रहेको उहाँको भनाइ छ ।
    विशिष्टखालको अङ्ग्रेजी पढाइका लागि कक्षा ६ देखिमाथिका विद्यार्थीलाई मासिक एक हजारदेखि एक सय पाँच सयसम्म शुल्क लिने गरी तयारी गरिएको प्रधानाध्यापक पौडेलले बताउनुभयो । विशिष्टखालको कक्षाका लागि एसी, एड्भान्स ल्याप्टपसहितको व्यवस्थापन गरिएको छ

    खेलमा पनि सक्रिय
    उक्त विद्यालय खेल क्षेत्रमा पनि सक्रिय छ । कराते, तेक्वान्दो, भलिबल, एथ्लेटिक्स, फुटबलको प्रशिक्षक राखेर खेल खेलाउने गरिएको छ । त्यसले परिणाम दिन थालेकोसमेत प्रधानाध्यापक पौडेलले बताउनुभयो ।
    उहाँका अनुसार विद्यालयमा सङ्गीतको कक्षा चलिरहेको छ । जसबाट विद्यार्थीले सङ्गीत गरेर आम्दानी पनि गरिरहेका छन् । पठनपाठनका लागि डायरी सिस्टम लागू भएको छ । जसमा कुन शिक्षक कति बजे पढाउन गएको, कति बजे निस्केको, कति बुझेकोजस्ता कुराहरु त्यो डायरीमा टिप्ने उहाँले बताउनुभयो ।

    पाँच प्राविधिक विषय पनि अध्ययन
    विद्यालयमा पाँच वटा प्राविधिक कक्षा पनि सञ्चालन भइरहेका छन् । जेयोमेटिक डिप्लो, आइटी डिप्लोमा, इलेक्ट्रिकल ९–१२, इलेक्ट्रिकल र आइटीमा २४ महिने कक्षा सञ्चालन भइरहेका छन् । आगामी शैक्षिकसत्रदेखि कक्षा ११ र १२ मा विज्ञान विषय पनि पठनपाठन गराउने तयारी रहेको प्रधानाध्यापक पौडेलले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.