काठमाडौं, २६ चैत । शनिबार पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङका धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो ।
अर्का टेकबहादुर तामाङ बेपत्ता भएका छन् ।
तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनका अनुसार दुवै जना शनिबार राति बेपत्ता भएका थिए । बेपत्तामध्ये धनबहादुरको शव आइतबार भेटिएको हो ।
धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए। बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको योञ्जनले बताए। धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ।