सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘क्वार्ज क्रिष्टल’ले गोरखाको पर्यटन प्रवर्द्धनमा इँट्टा थपेको छ-प्रधानमन्त्री दाहाल


  •    न्युजभित्तो/२३ चैत्र २०८०, शुक्रबार १६:०० 
  • गोरखा, २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमूल्य धातु ‘क्वार्ज क्रिष्टल’ ले गोरखाको पर्यटन प्रवर्द्धनमा नयाँ इँट्टा थपिएको बताउनुभएको छ । गोरखा नगरपालिकाले आज गोरखा दरबार परिसरमा आयोजना गरेको क्वार्ज क्रिष्टल प्रतिस्थापन कार्यक्रममा उहाँले ऐतिहासिक र पुरातात्विक महत्व बोकेको जिल्लामा बहुमूल्य धातु क्वार्ज क्रिष्टलको प्रतिस्थापन हुनुले यहाँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

    “क्वार्ज क्रिष्टल प्रतिस्थापनले यस क्षेत्रको महत्व र भूमिकालाई अझ व्यापक रुपमा स्थापित गर्छ भन्ने मेरो विश्वास छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यसले गोरखाको पर्यटन विकासमा पनि थप गुणात्मक भूमिका खेल्नेछ ।” उहाँले क्वार्ज क्रिष्टलको सुरक्षा व्यवस्था गम्भीरतापूर्वक मिलाउन र ऐतिहासिक स्थललाई थप व्यवस्थित बनाउन सम्बन्धित सबैलाई निर्देशन दिनुभयो ।

    तत्कालीन राजा पृथ्वीनारायण शाहको गद्दी कक्षमा उक्त क्वार्ज क्रिष्टल प्रतिस्थापन गर्नुअघि दरबार परिसरमा उक्त क्वार्ज क्रिष्टलमा शिला पूजासमेत गरिएको थियो । “ऐतिहासिक तथा पुरातात्विक महत्वको गोरखा दरबारमा बहुमूल्य धातुको प्रतिस्थापन गर्दै गर्दा म गणतन्त्र नेपालको घोषणासँगै पहिलो पटक दरबार परिसरमा आएर यहाँको अवलोकन गर्ने मौका पाएको छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “योसँगै अर्को ऐेतिहासिक कामको थालनी भएको छ । बहुमूल्य धातु क्वार्ज क्रिष्टल प्रतिस्थापन गर्ने अवसर पाएकामा खुसी छु ।” उहाँले गोरखाको ऐतिहासिकतालाई संवद्र्धन गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    “गोरखा जिल्लाका नागरिकले केही ऐतिहासिक विकास कार्य शुभारम्भ होस् भन्ने चाहेका छन् । बूढीगण्डकी जलविद्युत् आयोजना, गोरखाकाली रबर उद्योग, प्राद्यौगिक पार्क निर्माणलगायत क्षेत्रमा काम गर्नुपर्ने छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “साथै पूर्वाधार विकास, सडक तथा पुल निर्माण गर्नुपर्ने विषयलाई मैले प्राथमिकतामा राखेको छु ।”

    चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा यस क्षेत्रका केही विषय समेट्न सहज नभए पनि आगामी आवको नेतृत्व आफैँले गरिरहेकाले आगामी आव नयाँ, विकाससँग सम्बन्धित र जनतालाई उत्साहित पार्ने किसिमक बजेट आउने उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
    एक लाख ३६ हजार पशुलाई खोप
    आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
    • आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
    • ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    • फरार भारतीय कैदी पक्राउ
    • एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.