सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘आमा बचाउ’ अभियानबाट लाभान्वित हुँदै महिला


  •    न्युजभित्तो/२३ चैत्र २०८०, शुक्रबार १४:०२ 
  • कैलाली, २३ चैत । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका छन् ।

    अभियानअन्तर्गत रहेको निःशुल्क एम्बुलेन्स सेवाबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका हुन् । आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै गत आव २०७९/८० को मङ्सिर २१ गतेदेखि सुरु गरिएको ‘आमा बचाउ’ अभियानमा गर्भवती, प्रसव र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइँदै आएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अभियानमा सो अवस्थाका महिलालाई अस्पतालसम्म पु¥याउन उपमहानगरले हाल चार एम्बुलेन्सबाट सेवा दिइरहेको छ । एम्बुलेन्स प्रयोग गरेबापत कुनै शुल्क नलाग्ने उहाँले बताउनुभयो । एउटा एम्बुलेन्स उपमहानगर आफैँले सञ्चालन गरिरहेको तथा तीन एम्बुलेन्स वडा नं १६, १८ र १९ बाट सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो ।

    ‘आमा बचाउ’ अभियानमा चालु आवको फागुन मसान्तसम्म उपमहानगर क्षेत्रका तीन सय २२ गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले जानकारी दिनुभयो ।

    निःशुल्क एम्बुलेन्स सेवा भएपछि प्रसूति सेवाका लागि अस्पताल लैजानुपर्ने महिलालाई निकै सहज भएको वडा नं १६ का वडाध्यक्ष रामलाल चौधरीले बताउनुभयो । “ग्रामीण क्षेत्र भएकाले अन्य सवारीसाधन पाउन पनि कठिन हुन्छ”, उहाँले भन्नुभयो, “अहिले निःशुल्क एम्बुलेन्स सेवा हुँदा धेरै सहज भएको छ, आर्थिक अवस्था कमजोर भएकालाई झनै सहज भएको छ ।”

    ग्रामीण क्षेत्रका महिलाको स्वास्थ्यावस्थालाई ध्यानमा राखेर ‘आमा बचाउ’ अभियान सुरु गरिएको नगरप्रमुख गोपाल हमालले बताउनुभयो । “ग्रामीण क्षेत्रमा सवारीसाधन नपाउने, प्रसूति सेवाका लागि गोरुगाडा, ट्र्याक्टरमा अस्पताल ल्याउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “त्यसले गर्दा आमा र शिशुको ज्यान जोखिममा हुने भएकाले उहाँहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै ‘आमा बचाउ’ अभियान सञ्चालन गरिएको हो ।”

    उपमहानगरपालिकाले आफूसँग भएका एम्बुलेन्सलाई आमा बचाउ अभियानमा प्रयोग गरेको नगरप्रमुख हमालले बताउनुभयो । अभियानलाई वडाको मागअनुसार विस्तार गर्दै लैजाने उहाँको भनाइ छ । गत आव २०७९/८० मा ‘आमा बचाउ’ अभियानबाट उपमहानगर क्षेत्रका दुई सय ५८ महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिएको उपमहानगरपालिकाले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.