प्रचण्डले गोरखा-२ बाट राजीनामा दिनु उपयुक्त हुन्छ: बाबुराम भट्टराई
न्युजभित्तो/२३ चैत्र २०८०, शुक्रबार १२:२४
काठमाडौं, २३ चैत । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जितेको क्षेत्र गोरखा २ बाट राजीनामा दिनु उपयुक्त हुने टिप्पणी गरेका छन्। गृह जिल्ला गोरखामा बिहीबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डले जितेको क्षेत्र गोरखा २ बाट राजीनामा दिनु उपयुक्त हुने टिप्पणी गरेका हुन् ।
२०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड गोरखा २ बाट निर्वाचित भएका थिए। त्यसबेला उनी तत्कालीन सत्ता गठबन्धनका दल नेपाली कांग्रेससहितबाट साझा उम्मेदवार थिए। गोरखा २ मा बाबुरामले निर्वाचन लड्दै र जित्दै आएका थिए। तर बाबुराम आफू नलडेर २०७९ मंसिरमा गोरखा २ मा प्रचण्डलाई समर्थन गरेका थिए।
‘प्रचण्डजीले चुनावपूर्वको गठबन्धनलाई अर्को निर्वाचनभन्दा पहिले छोड्नु त राजनीति र नैतिक हिसाबले उपयुक्त हुँदैन,’ भट्टराईले भने, ‘उहाँले त्यसलाई परिवर्तन गर्ने हो भने जसको सहयोगमा उहाँले निर्वाचन जित्नुभएको छ। तिनीहरूलाई त धोका दिएको ठहर्छ। त्यस्तो स्थितिमा उहाँले जितेको निर्वाचन क्षेत्रबाट राजीनामा दिनु र फेरि नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ।’