सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्डले गोरखा-२ बाट राजीनामा दिनु उपयुक्त हुन्छ: बाबुराम भट्टराई


  •    न्युजभित्तो/२३ चैत्र २०८०, शुक्रबार १२:२४ 
  • काठमाडौं, २३ चैत । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जितेको क्षेत्र गोरखा २ बाट राजीनामा दिनु उपयुक्त हुने टिप्पणी गरेका छन्। गृह जिल्ला गोरखामा बिहीबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डले जितेको क्षेत्र गोरखा २ बाट राजीनामा दिनु उपयुक्त हुने टिप्पणी गरेका हुन् ।

    २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड गोरखा २ बाट निर्वाचित भएका थिए। त्यसबेला उनी तत्कालीन सत्ता गठबन्धनका दल नेपाली कांग्रेससहितबाट साझा उम्मेदवार थिए। गोरखा २ मा बाबुरामले निर्वाचन लड्दै र जित्दै आएका थिए। तर बाबुराम आफू नलडेर २०७९ मंसिरमा गोरखा २ मा प्रचण्डलाई समर्थन गरेका थिए।

    ‘प्रचण्डजीले चुनावपूर्वको गठबन्धनलाई अर्को निर्वाचनभन्दा पहिले छोड्नु त राजनीति र नैतिक हिसाबले उपयुक्त हुँदैन,’ भट्टराईले भने, ‘उहाँले त्यसलाई परिवर्तन गर्ने हो भने जसको सहयोगमा उहाँले निर्वाचन जित्नुभएको छ। तिनीहरूलाई त धोका दिएको ठहर्छ। त्यस्तो स्थितिमा उहाँले जितेको निर्वाचन क्षेत्रबाट राजीनामा दिनु र फेरि नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.