सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा मेयर कप फुटबल हुने, महानगरसंग भयो सम्झौता


  •    न्युजभित्तो/२२ चैत्र २०८०, बिहीबार १५:३१ 
  • भरतपुर, २२ चैत । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सेन्ट्रल कलेज रहने भएको छ । बैशाखदेखि सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज र भरतपुर महानगरपालिकाविच बिहिबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीको उपस्थितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना र सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । चितवन जिल्ला फुटबल संघ सहआयोजक रहेको प्रतियोगितामा सामुदायिक विद्यालयका १२ र नीजि विद्यालयका १२ गरी कुल २४ टिमको सहभागिता रहनेछ ।

    सेन्ट्रल कलेजसंगको सम्झौताले भरतपुरको खेलकुद विकासमा थप टेवा पुग्ने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । उहाँले महानगरपालिकाले विद्यालय स्तरिय किकेट लिग सम्पन्न गरिसकको भन्दै नीजि क्षेत्रसंगको सहकार्यमा भएको प्रतियोगिता सानदार रुपमा सफल भएको बताउनुभयो । ‘फुटबल प्रतियोगितामा अझै धेरैको रुची र सहभागि हुनेछ, उहाँले भन्नुभयो, यो प्रतियोगिताको उदेश्य विद्यालय स्तरबाटै खेलाडिहरु उत्पादन गर्नु हो ।’ उहाँले भरतपुर महानपालिका खेलकुदको हब बनिरहेको भन्दै भरतपुरमा दिनदिनै खेलकुद प्रतियोगिताहरु भइरहेको बताउनुभयो । ‘महानगरभित्र सबै खालका खेलाडि तयार गर्ने अभियानमा हामी छौं, आउने बर्ष अन्य आवश्यकताका आधारमा अन्य विद्याका खेल प्रतियोगिताहरु पनि सञ्चालन गर्नेछौं, उहाँले भन्नुभयो ।’ महानगरपालिकाले खेलकुद गतिविधि बढाउन नीजि क्षेत्रसंग सहकार्य गरिरहेको भन्दै उहाँले सहकार्यका लागि सेन्ट्रल कलेजलाई धन्यबाद दिनुभयो ।

    भरतपुर भ्रमण बर्षको सन्दर्भ पारेर चैत २५ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विभिन्न बिद्याका अन्तर प्रदेश स्तरिय खेल प्रतियोगिता आयोजना हुन लागेको प्रमुख दाहालले बताउनुभयो । भ्रमण बर्षको सन्दर्भ पारेर प्रदेश सरकारले यहाँ प्रतियोगिता आयोजना गर्न लागेको र प्रधानमन्त्रीबाट उद्घाटन हुने उहाँले जानकारी दिनुभयो ।

    सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास ९वाइबी० पौडेलले सेन्ट्रल कलेजले सयौं प्रतियोगितामा प्रायोजन गरेको भन्दै महानगरपालिका संगको सहकार्यमा हुन लागेको यो प्रतियोगिता बिशेष रहेको बताउनुभयो । उहाँले विद्यालय स्तरबाटै खेलाडि उत्पादन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको भन्दै यसले भरतपुर भ्रमण बर्षका कार्यक्रमलाई समेत टेवा पु¥याउने बताउनुभयो । स्कूल स्कूलबाट राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडिहरु उत्पादन हुने विश्वास लिएको भन्दै पौडेलले फुटबल खेलका लागि सबैभन्दा ठूलो सम्झौता गरिएको जानकारी दिनुभयो ।

    सम्झौता अुनसार सेन्ट्रल कलेजले महानगरपालिकालाई ११ लाख २८ हजार २ सयको खेल सामाग्री प्रदान गर्नेछ । जसमा जर्सी, मोजा, कर्नर झण्डा, फुटबल जाली, रेफ्री ट्रयाक जर्सी र मोजा, चेन्जिङ बोर्ड, म्याच बल लगायतको सामाग्री प्रदान गरिनेछ । प्रतियोगितामा आवश्यक खेलकुद सामाग्री सेन्ट्रल कलेजले नै खरिद गरेर महानगरपालिकाको रोहबरमा स्वयम् विद्यायलको टिमलाई जिन्सी हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।

    सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए, कोरिया, युरोप लगायतका देशमा जान चाहाने विद्यार्थीलाई भाषा कक्षा, परामर्श र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको छ । भरतपुर ओरालोस्थित आफ्नै भवनबाट विद्यार्थीलाई सेवा प्रदान गर्न थालेको कलेजले विद्यार्थी भिजामा जान चाहाने विद्यार्थीका लागि निःशुल्क जापनिज, कोरियन भाषा ,आइएलटिएस ,पिटिइ कक्षाहरु र निःशुल्क बस सेवा समेत प्रदान गरिरहेको छ । विभिन्न सामाजिक काममा समेत सक्रिय सेन्ट्रल कलेज विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.