सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाठ्यपुस्तक सदरमुकाममा थन्किएपछि पठनपाठन प्रभावित


  •    न्युजभित्तो/२१ चैत्र २०८०, बुधबार १४:१५ 
  • हुम्ला, २१ चैत । जिल्लाको उत्तरी क्षेत्रका विद्यालयको पाठ्यपुस्तक सदरमुकाम सिमकोटमा थन्किएपछि विद्यार्थीको पठनपाठनमा प्रभावित भएको छ । शैक्षिकसत्र गत फागुन २ गतेदेखि सुरु भए पनि पाठ्यपुस्तक नहुँदा पठनपाठन प्रभावित भएको हो ।

    एक सातादेखि जिल्लामा परेको भारी हिमपातका कारण सदरमुकाम सिमकोटमा पाठ्यपुस्तक थन्किएको भन्दै गत फागुन २३ गते नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालयको ध्यानार्कषण गराएको थियो ।

    उपाध्यक्ष लामाका अनुसार कर्णाली करिडोरअन्तर्गतको सिमकोट–हिल्सा सडक खण्डमा हिमपात परेका आवागमन अवरुद्ध हुँदा पुस्तक सम्बन्धित विद्यालयमा पुर्‍याउन नसकिएको हो । पाठ्यपुस्तक अभावका कारण नाम्खा गाउँपालिकाका–१ देखि ६ र सिमकोट गाउँपालिकाका–७ र ८ मा रहेका विद्यालयको पठनपाठन प्रभावित बनेको सिमकोट–८ का वडाध्यक्ष कमलबहादुर बुढाले बताउनुभयो ।

    सदरमुकाममा पुस्तक पुगे पनि बाटो अवरुद्धका कारण विद्यालयसम्म पुर्‍ याउन नसकिएको सिमकोट–७ का वडाध्यक्ष बलवीर शाहीले बताउनुभयो । तत्काल सडकमा जमेको हिउँ पन्छाउनका लागि प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलसमक्ष अनुरोध गरिएको उहाँको भनाइ छ ।

    नाम्खा गाउँपालिकाका १७ विद्यालयका एक हजार एक सय ५१ र सिमकोटका गाउँपालिका आठ विद्यालयका एक हजार चार सय ८७ जना विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

    छपाइमा ढिलाइ हुँदा समयमै पुगेन पाठ्यपुस्तक

    जनक शिक्षा सामग्री केन्द्र सानोठिमी भक्तपुरले पुस्तक छपाइमा ढिलाइ गर्दा समयमै पाठ्यपुस्तक नपुगेको जिल्लामा ढुवानीको जिम्मा लिएको रोकाया पुस्तक पसलका प्रमुख धनजवा रोकायाले बताउनुभयो छ । उहाँका अनुसार सरकारले माध्यमिक तहसम्म निःशुल्क रुपमा दिँदै आएको पाठ्यपुस्तक केन्द्रले छपाइमा ढिलाइ गर्दा हुम्लामा आइनपुगेको हो । उहाँले हालसम्म १, २ र ५ कक्षाको पूरै थान पुस्तक छपाइमा ढिलाइ भएकाले विद्यार्थी पढाइबाट वञ्चित भएका बताउनुभयो ।

    आफूले जिम्मा लिएको नाम्खा गाउँपालिकाका विद्यालयको एक हजार दुई सय थानमध्ये नौ सय थान र सिमकोट गाउँपालिकाको तीन हजार थानमध्ये दुई हजार दुई सय थान मात्र जिल्लामा आइपुगेको ढुवानीकर्ता रोकायाले जानकारी दिनुभयो । जिल्लामा आइपुगेका पाठ्यपुस्तकमध्ये सदरमुकाममा रहेका विद्यालयले लगिसकेका छन् । सदरमुकाम आसपास र नाम्खा गाउँपालिकाका केही विद्यालयका लागि आफूले बुझे पनि हिमपातका कारण गोदाममा थन्किएर वितरण गर्न नसकिएको रोकायाको भनाइ छ ।

    हिमपातका कारण विद्यालयसम्म पाठ्यपुस्तक ढुवानीमा समस्या आएको भन्दै जनप्रतिनिधिले ध्यानार्कषण गराएकाले तत्काल हिउँ पन्छाउने तयारी भइरहेको जिल्ला अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.