सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रेशम र रञ्जिताको विवाद मिलाउन प्रधानमन्त्री प्रचण्ड सक्रिय, दुवै पक्षलाई बोलाएर छलफल


  •    न्युजभित्तो/२० चैत्र २०८०, मंगलवार १६:४३ 
  • काठमाडौं, २० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै पक्षलाई बोलाएर मङ्गलबार छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालययमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीलाई छुट्टाछुट्टै बोलाएर प्रचण्डले छलफल गरेका हुन् । उनीहरूलाई आपसमा मिल्न प्रधानमन्त्री प्रचण्डले सुझाव दिएको बताइएको छ ।

    पार्टीको विवादले राम्रो सन्देश नगएको र यसलाई दुवै जना मिलेर समाधान गर्न प्रधानमन्त्री प्रचण्डले सुझाव दिएको प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले जनाएको छ । पार्टीभित्रको विवादको बारेमा रञ्जिता र रेशमले आ–आफ्नो कुरा राखेका थिए । तर नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरू प्रधानमन्त्री प्रचण्डकहाँ चिया खान गएको बताइन् । उनले पार्टीको विवादको बारेमा कुनै पनि कुरा नभएको दावी गर्दै कैलालीको विकासको योजनाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएको दाबी गरिन् । ‘टीकापुरलाई स्मार्ट सिटी बनाउने छलफल भएको छ, त्यसमा प्रधानमन्त्री प्रचण्डले सहयोग गर्ने आश्वासन दिनुभएको छ,’ रञ्जिताले भनिन्, ‘मैले पार्टीको कुरा गर्न लाग्दा प्रधानमन्त्री प्रचण्डले यो पार्टी–सार्टीको कुरा नगर्नुस्, अहिले काम गर्नुस् । सबै आफैँ मिल्दै जान्छ भन्नुभयो ।’

    अध्यक्ष रञ्जिताले टीकापुरका मेयर रामलाल डगौरालाई लिएर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेकी थिइन् । रामलाल डगौरालाई रेशम चौधरी पक्षका नेताहरूले कुटपिट गरेको रञ्जिताको आरोप छ । रामलाल डगौरा र रमेश विश्वकर्मालाई हातपात गर्ने दीपबहादुर योञ्जन र राजन गुरुङलाई रञ्जिता श्रेष्ठले कारबाही गरिसकेकी छन् । सोमबार पार्टी कार्यालयमा भएको विवादका कारण स्थगित भएको केन्द्रीय समितिको बैठक रेशम चौधरी पक्षधरले बोलाएको छ । रेशम चौधरी पक्षले बोलाएको केन्द्रीय समितिको बारेमा आफूलाई कुनै जानकारी नरहेको अध्यक्ष रञ्जिताले बताइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
    एक लाख ३६ हजार पशुलाई खोप
    आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
    • आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
    • ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    • फरार भारतीय कैदी पक्राउ
    • एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.