सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेडिकल सामान आपूर्तिकर्तासहित स्वास्थ्यका निर्देशकविरुद्ध मुद्दा दायर


  •    न्युजभित्तो/१८ चैत्र २०८०, आईतवार १६:४७ 
  • काठमाडौँ, १८ चैत । अख्तियार दुरुपयोग आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृतलगायत मेडिकल उपकरण आयातकर्ता कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरका लागि एचडीयू उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको पाइएको आयोगको भनाइ छ । आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक मेहता, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेशकुमार श्रेष्ठ भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।

    यस्तै, हस्पिटेक इन्टरप्राइजेज काठमाडौँका सञ्चालक विशाल पण्डित र सोही कम्पनीका व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध समान रु दुई करोड ८९ लाख ६६ हजार ५० बराबरको बिगो दावी गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
    एक लाख ३६ हजार पशुलाई खोप
    आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
    • आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
    • ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    • फरार भारतीय कैदी पक्राउ
    • एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.