सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अधिवेशनमा वृद्धवृद्धाहरुलाई सम्मान


  •    न्युजभित्तो/१७ चैत्र २०८०, शनिबार २१:४२ 
  • माडी १७ चैत। नेपाल कम्युनिष्ट पार्टी एमाले माडी नगरपालिका वडा नं ६ को दोस्रो वडा अधिवेशनको उद्घाटन एवम् वृद्धवृद्धा सम्मान कार्यक्रम शनिवार माडी ६ स्थित पुष्प-मदन स्मृति वाटिकामा सम्पन्न भएको छ ।

    अधिवेशनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवम् माडी नगर ईन्चार्ज यामबहादुर परियार इन्द्रजितले सबैको सहयोगले जनतासँग एमाले अभियान कार्यक्रम सफल हुँदै गएको स्मरण गर्दै निस्वार्थी भावनाले पार्टीको काममा लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभएको ।

    कमरेड मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादबाट नै कम्युनिष्ट पार्टीहरु विकसित भएको जनाउँदै जनताको बहुदलीय जनवादलाई नै जनतामाझ स्थापित गरेर पार्टी सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

    नेकपा एमाले चितवनका जिल्ला सदस्य एवम् नेकपा एमाले चितवनका कार्यालय सचिव श्यामकुमार बिष्टले माडी ६ के जिल्लामा नै अनुकरणीय कार्य गरेको जानकारी दिँदै अझै एकताबद्ध भएर जनतामाझ जानुपर्ने आवश्यकता औंल्याउँनुभयो।

    कार्यक्रममा नेकपा एमाले माडी नगर अध्यक्ष नारायणप्रसाद अधिकारीले आजको दिनमा पार्टीले गर्दै आएका कामहरुको समीक्षा गर्दै नयाँ नेतृत्व पनि चयन गर्नुपर्ने भएकोले निकै महत्वपूर्ण दिन भएकोले रचनात्मक सुझावहरु प्रस्तुत गर्न सबैलाई आग्रह गर्नुभयाे ।

    नेकपा एमाले माडी ६ का अध्यक्ष सूर्यप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको वडा अधिवेशनको उद्घाटन समारोहमा नेकपा एमाले चितवनका जिल्ला सदस्य एवम् जनतासँग एमाले माडी ६ का संयोजक कमल रामदाम,नेकपा एमाले माडी नगर कमिटीकी उपसचिव पूर्णकला सुनारलगायले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा वडामा ८४ वर्ष पुगेका अग्रजहरु र पूर्व जनप्रतिनिधि, अग्रज नेताहरुलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा नेकपा एमाले माडी ६ का इन्चार्ज हर्कबहादुर चापागाईंले स्वागत् मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    अधिवेशनले आज नयाँ कमिटी गठन गर्ने कार्यक्रम भएतापनि अध्यक्षमा आकाङ्क्षी धेरै भएपछि यो समाचार तयार पार्दासम्म सहमति हुन सकेको छैन । सहमतिबाट टङ्ग्याउने विषयमा छलफल भइरहेको र सहमति नजिक पुगिएको नेकपा एमाले चितवनका सदस्य एवम् कार्यालय सचिव श्यामकुमार बिष्टले जानकारी दिनुभयो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.