माडी माविका पूर्व विद्यार्थीहरुको पुनर्मिलन तथा गुरु सम्मान
न्युजभित्तो/१७ चैत्र २०८०, शनिबार १६:१९
माडी, १७ चैत। माडी माध्यमिक विद्यालय, माडी ३ वसन्तपुरबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गर्ने विद्यार्थीहरुको पुनर्मिलन तथा गुरु सम्मान कार्यक्रम शनिवार माडी भ्यु सामुदायिक होमस्टे माडीको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले एक आपसमा परिचय गर्दै गुरुहरू सुरेशबहादुर थापा, लक्ष्मीकान्त सापकोटा, घनश्याम भण्डारी र तारानाथ चापागाईंलाई सम्मान गरेका हुन् ।
पुनर्मिलन कार्यक्रमले विद्यार्थी जीवनको स्मरण गराउँदै गुरूहरुसँग साक्षतकार गर्न पाउँदा निकै खुसी लागेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्ने सहभागीहरुको धारणा रहेको थियो । २०४८ सालमा माडी माध्यमिक विद्यालय बसन्तपुरबाट एसएलसी दिएका १६८ जना विद्यार्थीहरु सहभागी भएका थिए । तिनीहरु मध्ये कृषि, राजनीति, जनप्रतिनिधि, प्रहरी, डाक्टर, नेपाली सेना, शिक्षक, व्यापारी, वैदेशिक रोजगार लगायतका क्षेत्रमा सम्लग्न रहेका छन् ।
पुनर्मिलन तथा गुरु सम्मान कार्यक्रमका संयोजक रेशमलाल आचार्यको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा माडी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्ती महतोलगायत सम्मानित व्यक्तित्वहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमले आगामी एसएलसी २०४८ का कामहरुलाई व्यवस्थित गर्दै अगाडि बढाउन सहजीकरण गर्नको लागि रेशमलाल आचार्यको संयोजकत्वमा नौ सदस्यीय समिति समेत गठन गरेको छ ।
समितिको सचिवमा ओमनाथ पाण्डे, कोषाध्यक्षमा ज्ञानु रेग्मी, तथा सदस्यहरुमा भानुभक्त अधिकारी, सुर्यनाथ रेग्मी,शान्ती चौधरी, पार्वती अधिकारी, जिताराम महतो,दुर्गा गुरुङ, सुरेश थापा र खेमनारायण ढकाल रहनुभएको छ। समितिले योजना बनाएर सामाजिक र शैक्षिक विकासका कार्यक्रम सञ्चालन गर्ने समितिका सचिव ओमनाथ पाण्डेले जानकारी दिनुभयो।