सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभाको गरिमालाई उँचो बनाउँछु : अध्यक्ष दाहाल


  •    न्युजभित्तो/१४ चैत्र २०८०, बुधबार १४:२१ 
  • मुग्लिन (चितवन), १४ चैत । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको गरिमालाई उँचो बनाउने गरी काम गर्ने बताउनुभएको छ । बुधबार चितवनको इच्छाकामना–४ कुरिनटारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गरेको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष दाहालले भन्नुभयो, “तपाईंहरुकै कारण आज म राष्ट्रियसभा अध्यक्ष भएको छुँ, तपाईंहरुले गरेको विश्वासलाई आत्मसात् गरेर पदीय दायित्व र मर्यादालाई ध्यानमा राख्दै राष्ट्रियसभाको गरिमालाई उँचो पार्ने गरी काम गर्नेछु ।”

    अध्यक्ष दाहालले इच्छाकामनाको भूगोलप्रति आफू परिचित रहेको र यहाँको विकास निर्माणमा सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले २०६४ सालमा इच्छाकामनाका माथिल्लो भेगमा मोटरबाटो नभएकामा आफू निर्वाचित भइसकेपछि सडक निर्माणलगायत विकासका कामको सुरुआत गरेको
    बताउनुभयो ।

    उहाँले चुनावमा गर्नुभएको वाचाअनुसार दोस्रो पटकको निर्वाचनमा गाडी चढेर मतदाता कहाँ पुगेको स्मरण गर्नुभयो । “२०६४ निर्वाचनमा माथिल्लो भेगमा कतै पनि सडक सञ्जाल पुगेको थिएन मैले निर्वाचनमा अर्को पटक भोट माग्न आउँदा गाडी चढेर आउँछु भनेको थिएँ”, उहाँले भन्नुभयो, “दोस्रो पटक निर्वाचनमा भोट माग्न जाँदा गाडी चढेर गएँ । साबिक चार गाविसमध्ये चण्डी भञ्ज्याङ गाविस भवनबाहेक अन्य स्थानमा मोटरबाटो पु¥याउन सफल भएँ ।” अध्यक्ष दाहाललाई नेकपा (माओवादी केन्द्र) इच्छाकामना गाउँ कमिटीले सम्मान गरेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.