सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी


  •    न्युजभित्तो/१४ चैत्र २०८०, बुधबार १२:०६ 
  • वीरगञ्ज (पर्सा), १४ चैत । पर्सामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला शाखा पर्साले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्ने तयारी थालेको हो । आयोगले प्रक्रिया थालेपछि भूमि प्राप्तिका लागि पर्सामा छ हजारभन्दा बढीको नाम सूचीकृत गरेको छ ।

    विभिन्न पालिकामा भूमिहीन दलित एक हजार तीन सय ६३, भूमिहीन सुकुम्बासी दुई हजार पाँच सय ७७ र अव्यवस्थित बसोबासी दुई हजार नौ सय ४९ गरी छ हजार आठ सय ८९ जनाको नाम सूचीकृत भएको राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहम्मदले जानकारी दिनुभयो । आयोगमा सूचीकृत भएकामध्ये सबैभन्दा बढी ठोरी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी र बहुदरमाई नगरपालिकामा छन् । अध्यक्ष अहम्मदका अनुसार सबैभन्दा बढी ठोरी गाउँपालिकामा भूमिहीन दलित २६, भूमिहीन सुकुम्बासी एक हजार सात सय ४० र अव्यवस्थित बसोबासीमा एक हजार नौ सय छजनाको नाम सूचीकृत भएको छ ।

    यस्तै, पर्साको पर्सागढीमा भूमिहीन दलित सात सय ७२, भूमिहीन सुकुम्बासी तीन सय ५७ अव्यवस्थित बसोबासीमा पाँच सय ५४ को नाम सूचीकृत भएको अध्यक्ष अहम्मदले बताउनुभयो । पर्साका अन्य पालिकाबाट विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ । अध्यक्ष अहम्मदका अनुसार सूचीकृत भएका आगामी वैशाखमा पर्साका एक सय ५७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी भइरहेको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी थाले पनि स्थानीय तहले लागत सङ्कलनलगायत कार्यमा सहयोग नगरेकाले अपेक्षाकृत रुपमा कार्य अघि बढाउन नसकिएको अध्यक्ष अहम्मदको गुनासो छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.