सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार तोक्ने रास्वपाको तयारी


  •    न्युजभित्तो/१३ चैत्र २०८०, मंगलवार १६:२४ 
  • काठमाडौं ,१३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने संकेत गरेको छ ।स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको रास्वपा उच्च तहका एक नेताले जानकारी दिए ।लिम्बु माओवादी केन्द्र निकट पत्रकाहरुको संस्था प्रेस सेन्टरमा आवद्ध छन् । उनी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का महासचिव समेत हुन् ।

    तर रास्वपाले भने विगतको पृष्ठभूमि नहेरी योग्य उम्मेदवार उठाउने बताउँदै आएको छ । ‘कुन पार्टीको के भनेर आवद्धता हेरिन्न् । रास्वपासँग जोडिएर उम्मेदवार हुन इच्छुक व्यक्तिको विगत विवादित हुनु भएन’ रास्वपाका उच्च तहका एक नेताले भने, ‘अनियमितता र विवादमा नरहेको देखिए उहाँ उम्मेदवार हुने सम्भावना बढी छ ।’रास्वपाले १७ चैतमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने जनाएको छ । त्यसअघि उपसभापति डा। स्वर्णिम वाग्ले १५ चैतमा इलाम जाँदैछन् । उनले उम्मेदवार आकांक्षीहरुबीच छलफल गराएर योग्यलाई चयन गर्ने बताए ।

    ‘१५ गते म इलाम जाँदैछु, उम्मेदवारमा आकांक्षा गर्ने अरु पनि हुनुहुन्छ, पार्टीले आकांक्षीबीच छलफल गराएर योग्य उम्मेदवार चयन गर्छ’, वाग्लेले  भने रास्वपाले उम्मेदवार हुन इच्छुकले बुधबारसम्म निवेदन दिन सक्ने समय अवधि तोकेको छ । तर, लिम्बुले रास्वपाले बनाएको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता नगर्ने बताए ।

    ‘म स्वतन्त्र रुपमा उम्मेदवार घोषणा गरेर प्रचारमा लागिरहेको छु । उहाँहरुले बनाएको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गर्ने कुरा भएन’ लिम्बुले अनलाइनखबरसँग भने, ‘उहाँहरुसँग कुरा भइरहेको छ । निर्णय हुने गरी भने भएको छैन ।’रास्वपाले प्राइमरीमार्फत उम्मेदवार चयन गर्ने भने पनि कूल मतदाताको एक प्रतिशत पार्टी सदस्य नरहेकाले ‘प्राइमरी इलेक्सन’ गर्न नसकिएको बताएको छ । (अनलाइनखबरबाट) 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
    एक लाख ३६ हजार पशुलाई खोप
    आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
    • आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
    • ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    • फरार भारतीय कैदी पक्राउ
    • एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.