सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

८० वर्ष पुग्दा पनि नागरिकता पाइनन् रंगी नेपालीले


  •    न्युजभित्तो/१३ चैत्र २०८०, मंगलवार १५:४१ 
  • बाजुरा, १३ चैत । बाजुराको बूढीगंगा नगरपालिका–८ मा अस्थायी बसोबास गर्दै आएकी रंगी नेपाली ८० वर्ष पुगिन् । तर १६ वर्ष पूरा हुनासाथ पाउनुपर्ने नागरिकता उनले अहिलेसम्म पाएकी छैनन् ।उनका श्रीमान् धने नेपालीको मृत्यु भइसकेको छ । श्रीमान् हुँदासम्म रंगी घुमन्ते जीवन बिताउँथिन् । जिविकोपार्जनका लागि लुगा सिलाउन कहिले श्रीमानसँगै सुदूरपश्चिमका जिल्ला चहार्थिन् त कहिले भारत पुग्थिन् । स्थायी बसोबास र जग्गा जमिन नभएका कारण रंगीका श्रीमानको समेत नागरिकता थिएन ।

    धने नेपाली कामको शिलशिलामा बाजुरा आएको समयमा रंगी र उनको विवाह भएको थियो । रंगीको माइती खप्तड छेडेदह गाउँपालिका–४ मा पर्छ । तर उनको माइतीतर्फ पनि आमा, बुबा र दाजुभाइ कोही जिवित छैनन् । घर र माइती पक्षका आफन्त कोही नभएपछि उनले नागरिकता पाउन सकेकी छैनन् बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जिल्लाबाट बिहे गरेर गएको हकमा यहाँबाट नागरिकता दिन नमिल्ने बताए । ‘ठेगाना नै थाहा नभएको हकमा हामीले सिधै नागरिकता दिन मिल्दैन, उहाँको बिहे कहाँ भएको हो, थाहा हुनुपर्‍यो’ उनले भने, ‘सबै प्रक्रिया पूरा गरेर स्थानीय तहबाट सिफारिस आउँदा नागरिकता नदिने भन्ने नै हुँदैन ।’

    पौडेलले आफन्त, इष्टमित्र कोही नभएको हकमा स्थानीय तहले स्थानीयबासीसँग छलफल गरेर सिफारिस गर्न सक्ने उपाय रहेको सुझाए । उनले यो घटनाबारे मन्त्रालयलाई जानकारी गराउने र पछि खबर गर्ने पनि बताएका छन् ।श्रीमानको मृत्युपछि रंगी बूढीगंगा नगरपालिका–८ मा रहेको जेठी छोरी सिर्जना नेपालीको घरमा बस्दै आएकी छन् । तर नागरिकता नहुँदा सरकारी सेवासुविधा पाउने कुरै भएन ।सरकारले दलित महिलालाई ६० वर्षको उमेर पुगेपछि वृद्ध भत्ता दिंदै आएको छ । रंगी भन्छिन्, ‘नागरिकता भएको भए, भत्ताको पैसाले गर्जो टार्थेँ होला । नहुँदा त्यो आशा पनि भएन ।’

    रंगीले आफूसँगै कान्छी छोरीकी छोरी (नातिनी)को पनि पालनपोषण गर्दै आएकी छन् । कान्छी छोरी कामको लागि भारत पुगेकी छन् । पहिलो श्रीमानको मृत्युपछि रंगीकी कान्छी छोरी अर्को विवाह गरेर भारत पुगेकी हुन् । जन्मदिने बुवा नहुँदा रंगीकी नातिनीको पनि जन्मदर्ता भएको छैन । नातिनी उर्मीला नेपाली कक्षा ८ मा त्रिशक्ति माविमा अध्यनरत छिन् ।अनलाइनखबरबाट 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.