सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्याग्देमा घुम्ती शिविर: नौ हजार सेवाग्राही लाभान्वित


  •    न्युजभित्तो/१३ चैत्र २०८०, मंगलवार ११:१२ 
  • तनहुँ, १३ चैत । जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा नौ हजार बढीले सेवा लिएका छन् । गाउँपालिकाका सातवटा वडाका टोल–टोलमा पुगेर नौ हजार तीन सय ५३ जनालाई सेवा प्रदान गरिएको हो ।‘स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधार, कृषि, पर्यटन र पूर्वाधार मूल आधार’ भन्ने नारालाई आत्मसात् गर्दै १८ दिन शिविर सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार एलोपेथिक सेवाअन्तर्गत तीन हजार ३८ र आयुर्वेद उपचारतर्फ आठ सय ७८ जनाले सेवा लिएका छन् ।

    त्यसैगरी कृषि सेवातर्फ दुई हजार नौ सय १५ र पशुको उपचार शाखाबाट एक हजार नौ सय २६ जना सेवाग्राही लाभान्वित भएका छन् । शिविरमा ७५ जना अपाङ्गता तथा ज्येष्ठ नागरिकले सेवा लिएका छन् । पालिकाको विभिन्न योजना तथा प्राविधिकसम्बन्धी ४८ वटा उपभोक्ता समितिले सेवा लिएका गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।उक्त शिविर अवधिमा ५९ वटा व्यापार व्यवसाय तथा संस्था दर्ता गरिएका तथा पञ्जीकरण शाखाबाट सन्ताउन्न जना सेवाग्राहीले सेवा लिएका छन् । शिविरवाट प्रशासनिक कार्यमा तीन सय ५७ जनाले सेवा लिएका अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसअघि उक्त गाउँपालिकाले पनि मिर्गौला, पाठेघर परीक्षण र तीनदिने अर्बुद्ध रोग परीक्षण शिविर सञ्चालन गरेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.