सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भीमसेन थापामा ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ अभियान


  •    न्युजभित्तो/१२ चैत्र २०८०, सोमबार १५:०८ 
  • गोरखा, १२ चैत । विद्यालय बाहिर कोही पनि बालबालिकालाई रहन नदिने र सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउने अभियानस्वरुप गोरखाको भीमसेन थापा गाउँपालिकाले ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ भन्ने अभियान सञ्चालन गरेको छ ।पालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउने रणनीतिकस्वरुप पनि अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिनुभयो । विद्यालयभन्दा बाहिर कोही पनि बालबालिका रहन नदिने गाउँपालिको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न अभियान नै सञ्चालन गरिएको उहाँको भनाइ छ ।

    “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लैजानका लागि पनि गाउँपालिकाले थप योजना बनाएर कार्यान्वयन गरिरहेको छ”, उहाँले भन्नुभयो, “यसले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण पनि विस्तारै बढ्दै जानेछ ।”त्यस्तै सामुदायिक विद्यालयप्रति सबैको विश्वास अभिवृद्धिका लागि पालिकाभित्र सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्यरुपमा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णयसमेत गाउँपालिकाले गरेको छ ।

    “सामुदायिक विद्यालयप्रति सबै अभिभावक र बालबालिकाको आकर्षण गर्न पहिले पालिकाभित्रका सार्वजनिक पद धारण गरेका व्यक्तिले पनि आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ भन्ने हाम्रो जोड छ”, उहाँले भन्नुभयो, “अनि मात्र अरुलाई पनि सामुदायिक विद्यालयमा बालबच्चा पढाउनुस् भन्नसक्ने नैतिकता हामीलाई हुन्छ ।”पालिकाभित्र सार्वजनिक पदमा बहाल रहेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक सङ्घका पदाधिकारीले आगामी शैक्षिकसत्र २०८१ देखि अनिवार्यरुपमा बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने उहाँले बताउनुभयो ।

    “पालिकाभित्र रहेका बालबालिकालाई गुणस्तरीय शिक्षा दिएर सबल र सक्षम बनाउनु गाउँपालिकाको जिम्मेवारी हो”, अध्यक्ष बञ्जराले भन्नुभयो, “हामीले निजी विद्यालयले प्रदान गर्नेभन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्नुपर्छ र त्यसका लागि सबैले भूमिका खेल्नुपर्छ ।”गाउँपालिकाले पालिकाभित्रका सबै वडामा सार्वजनिक पद धारण गरेका व्यक्तिका बालबालिका निजी वा संस्थागत विद्यालयमा अध्ययनरत भए विवरणसहितको जानकारी पालिका शिक्षा शाखामा पठाउन पनि सबै वडालाई निर्देशन दिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.