सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा निः शुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय लाभान्वित


  •    न्युजभित्तो/११ चैत्र २०८०, आईतवार ११:२० 
  • चितवन, ११ चैत । नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निः शुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । कालिका नगरपालिका–६ मा शुक्रबार र शनिबार सञ्चालित शिविरमा सात सय ७० महिला र सात सय १० पुरुषको स्वास्थ्य परीक्षण गरिएको हो ।

    कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार शिविरमा दुई सय ९८ जनाले भिडियो एक्स–रे सेवा, दुई सय ५३ जनाले इसिजी सेवा, ९५ जनाले भिआइए सेवा लिएका छन् । त्यसैगरी पाँच सय ७५ जनाले आँखाको परीक्षण गराएका छन् । तीमध्ये एक सय जनालाई निः शुल्क चश्मा वितरण गरिएको थियो । आठ सय जनाको मधुमेह तथा उच्च रक्तचापको परीक्षण गरिएको थियो ।

    शिविरमा रु १० लाखबराबरको निः शुल्क औषधि पनि वितरण गरिएको छ । शिविरमा जनरल फिजिसियन, महिला तथा प्रसूति, आँखा जाँच, दन्तरोग, पाठेघरको मुखको परीक्षण, बालरोग, नशा, हाडजोर्नी, शल्यचिकित्सा, नाक, कान तथा घाँटी, मुटुरोग र छाला तथा यौनरोगसम्बन्धी सेवा प्रदान गरिएको थियोे ।

    नेपाली कांग्रेस चितवनले पार्टीका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसका अवसरमा समुदायमा कांग्रेस अभियानअन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको कार्यक्रमका संयोजक दिनेश अधिकारीले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.