सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मकैखेतीमा किसानको आकर्षण बढ्दै


  •    न्युजभित्तो/९ चैत्र २०८०, शुक्रबार १५:२५ 
  • टीकापुर (कैलाली), ९ चैत । पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन थालेका छन् । तोरी बाली टिपेपछि तेस्रो बालीका रुपमा यस क्षेत्रका किसानले मकै खेती गर्ने गरेका हुन् ।

    मकैखेती खाद्यान्नका साथै वस्तुभाउलाई दाना र घाँसका रुपमा प्रयोग गर्न सकिने भएकाले किसानको रोजाइमा पर्न थालेको स्थानीय बताउँछन् । सिँचाइ सुविधा भएका ठाउँका अधिकांश किसानले मकैखेती गरिरहेका छन् ।

    यस वर्ष टीकापुर र जानकीका एक सय १५ किसानलाई मकैखेतीका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन इकाइले सहयोग गरेको छ । यसबाहेक आफ्नै लगानीमा खेती गर्ने किसानको सङ्ख्या पनि बढिरहेको इकाइ कार्यालयले जनाएको छ ।

    टीकापुरका परम रेग्मीले पाँच कट्ठा जमिनमा खेती गर्नुभएको छ । दुईवटा भैँसी पाल्नुभएका परमलाई मकै खेती गर्दा पशुपालनमा सहज भएको छ । “तोरीपछि मकै लगाएको छु । बारीबाट भैँसीका लागि घाँस, दानाको समेत जोहो भइरहेको छ”, उहाँले भन्नुभयो, “बचेको मकै बिक्री हुन्छ । अब गर्मी मौसममा हरियो घोगा बारीबाटै बिक्री हुन्छ ।”

    मकैको बजार सहज, खाना तथा पशुका दाना बनाउन, हरियो घोगा बेचेर नगद आम्दानी गर्न सकिने भएकाले किसानको रोजाइमा पर्न थालेको इकाइका वरिष्ठ बाली विकास अधिकृत कमल तामाङले बताउनुभयो । “दानाका रुपमा पशुलाई खुवाउन अत्यधिक प्रयोग हुन थालेको छ”, उहाँले भन्नुभयो, “पहिला रु २० देखि रु २५ मा बिक्री हुनेमा अहिले रु ३५ देखि रु ४० सम्म पर्छ ।”

    यस वर्ष रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा एक सय तीन हेक्टर जमिनमा मकै खेती भइरहेको छ । बाह्र हेक्टरमा हाइब्रिड जातको र ९१ हेक्टरमा वसन्ते जातको मकै खेती गरिएको इकाइका बाली विकास अधिकृत तामाङले बताउनुभयो । प्रतिकिसानले न्यूनतम १५ कट्ठादेखि छ हेक्टरसम्म खेती गरेका उहाँले जानकारी दिनुभयो । “दुई बाली स्याहारिसकेपछि मकैखेतीमा किसान लागिरहेका छन्”, तामाङले भन्नुभयो, “उत्पादित मकै बिक्रीका लागि बजारको अभाव छैन । भारतमा समेत निर्यात हुने भएकाले किसान आकर्षित हुन थालेका छन् ।”

    मकैखेती गर्नका लागि किसानलाई आयोजना कार्यालयले बीउ, पोषक तत्व र यान्त्रिकीकरणमा सहयोग गरिरहेको बाली विकास अधिकृत तामाङले जानकारी दिनुभयो । बीउ रोप्ने मेसिन ९प्लान्टर०, गोड्मेल गर्ने मिनी टिलर र दाना छोडाउने मेसिन सहयोग गरिएको उहाँले बताउनुभयो ।

    “उत्पादन प्रयोजनार्थ प्रयोग हुने सामग्री तथा आवश्यक उपकरण, परामर्शलगायत सहयोग गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “किसानको मागअनुसार मकै गोडमेल गर्ने मिनी टिलर उपलब्ध गराउँदै आएका छौँ ।” राम्रो आम्दानी हुने भएकाले किसानले अनुदान सहयोग र आफ्नै लगानीमा अरुण, रामपुर कम्पोजित, राजकुमार पाइनेरियमलगायत जातका मकैखेती गर्ने गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका
    • आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै
    • लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
    • सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
    • हात्तीको आक्रमणबाट दुई जना घाइते

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.