सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बन्दीपुरमा भेटियो नयाँ गुफा


  •    न्युजभित्तो/९ चैत्र २०८०, शुक्रबार १२:४८ 
  • तनहुँ, ९ चैत । पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा नयाँ गुफा फेला परेको छ । बन्दीपुर गाउँपालिका–२ पौवा नजिक करिब २० मिटर लम्बाइ भएको सरपानी गुफा भेटिएको हो ।   

    बन्दीपुरमा चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्ने सिलसिलामा बिहीबार उक्त गुफा भेटिएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार खोजी कार्यमा साहसिक पर्यटन व्यवसायी चन्द्र आले, प्याराग्लाइडिङ पाइलट समन्वय प्रधान, पर्यटन व्यवसायी सुकराम तामाङसहितको टोली सहभागी थियो ।

    नयाँ गुफा भेटिएपछि बन्दीपुरको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार बन्दीपुर बजारबाट करिब एक किलोमिटर दूरीमा उक्त स्थानमा पुग्न सकिन्छ । 

    “कालोपत्र सडकबाट करिब दुई सय मिटर दूरी पैदलयात्रापश्चात् गुफामा पुग्न सकिन्छ”, अध्यक्ष थापाले भन्नुभयो, “बन्दीपुर घुम्न आउने पर्यटकले गुफाको अवलोकन र चट्टान आरोहणसमेत गरी मनोरञ्जन लिन सक्नेछन् ।” उक्त गुफा बाहिरको पहरा करिब तीन सय मिटर फराकिलो र ५० मिटर उचाइको रहेकाले चट्टान आरोहणका लागि प्रचुर सम्भावना देखिएको उहाँको भनाइ छ ।

    मुख्यमन्त्री नवप्रवर्तन कार्यअन्तर्गत चट्टान आरोहण कार्यक्रम रहेकाले यसका लागि आवश्यक सामान खरिद गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाउँदै यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । 

    “करिब ३६ वर्ष बन्दीपुर बस्दा पनि यहाँ गुफा छ भन्ने थाहा थिएन । स्थानीय कसैले पनि भन्नुभएको थिएन”, उहाँले भन्नुभयो, चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्ने क्रममा गुफा भेटिएको छ । यसको संरक्षण गरी पर्यटन प्रवर्द्धनका योजना बनाउँदै जानेछौँ ।”

    गाउँपालिकाले तत्काल यहाँ सङ्केत चिन्ह (बोर्ड)  राखेर प्रचारप्रसार गर्नुका साथै गुफासम्म पुग्ने बाटो निर्माण गर्ने योजना बनाइसकेको अध्यक्ष थापाले जानकारी दिनुभयो । गुफाभित्र विभिन्न आकृतिमा कुदिएका ढुङ्गालगायत मनोरम दृश्य देख्न सकिन्छ । साथै करिब ४०÷५० जना क्षमताको गुफाभित्र हलसमेत रहेको उहाँले बताउनुभयो ।  

    बन्दीपुरको भञ्ज्याङ चौतारीबाट सिमलटारसम्म गरिने प्याराग्लाइडिङतर्फ पर्यटकको आकर्षण बढ्न थालेको छ । साहसिक खेलका रुपमा रहेको यस खेलका लागि ब्लुस्काइ कम्पनीले प्याराग्लाइडिङ सञ्चालन गर्दै आएको छ ।

    पाँच वर्षदेखि यहाँ प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार प्याराग्लाइडिङका लागि फागुन, चैत र वैशाखको मौसम उत्तम मानिने भएकाले पर्यटकको चहलपहल बढ्न थालेको छ । 

    उक्त स्थानबाट ३०र४० जनासम्म उड्नसक्ने क्षमता रहेको अध्यक्ष थापाको भनाइ छ । प्याराग्लाइडिङका लागि गाउँपालिकालाई प्रतिव्यक्ति रू एक हजार राजस्व बुझाउनुपर्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.