सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर भ्रमण बर्ष प्रवद्र्धनका लागि चैत १० गते बृहत साईक्लिङ प्रतियोगिता हुने


  •    न्युजभित्तो/९ चैत्र २०८०, शुक्रबार १२:४६ 
  • भरतपुर, ९ चैत । साईकल सिटिका रुपमा भरतपुरलाई स्थापित बनाउने अभियान शुरु भएको छ । भरतपुर भ्रमण बर्ष २०२४ को अवसरमा भरतपुरमा साईकल र्याली शुरु गर्दे अभियानको शुरु गरिएको हो । हरेक बर्ष साइक्लिङ प्रतियोगिता गर्दै आएको प्रज्ञा स्मृति प्रतिष्ठानले तेस्रो संस्करणको रुपमा आयोजना गरिएको साइक्लिङ प्रतियोगिताको पूर्व संध्यामा आज चितवनको भरतपुरमा बृहत साइकल र्यालीको आयोजना गरेको छ । नारायणगढस्थित नारायणी नदी किनारबाट शुरु भएको र्यालीका भरतपुर महानगरका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रमुख दाहालले साइकल सिटिका रुपमा भरतपुरको पुरानो पहिचान फर्काउन महानगरले अभियान नै चलाएको बताउनुभयो ।

    उहॉले खेल मार्फत नयॉ पुस्तालाई साईकलको महत्व बुझाउनु आजको आवश्यकता भएको बताउनुभयो । साइक्लिङलाई पर्यटनसंग जोड्दै साईकल खेलको बिकास र युवा खेलाडी उत्पादन गर्न प्रज्ञा प्रतिष्ठानसंगको सहकार्य महानगरका लागि उपयोगी सावित भएको बताउनुभयो । भरतपुर भ्रमण बर्ष २०२४ पर्यटन प्रवद्र्धनको महाअभियान भएकोले यो अभियानमा सबैको साथ र सहयोगको लागि उहॉले आव्हान समेत गर्नुभयो ।

    साईकल चलाऔं,वातावरण जोगाऔ,स्वस्थ रहौं भन्ने नारा सहित आयोजना गरिएको र्याली नारायणी नदी किनारबाट शुरु भई ऑपटारी चोक बिशालचोक,केन्द्य्रिय बस, टर्मिनल,हामिकचोक,चौवीसकोठी,शहीदचोक,पुल्चोक हु‘दै पुनः नारायणी किनारमा पुगेर समापन भएको थियो । साईकल र्यालीमा २ सय भन्दा बढी साईकल राईडरहरु सहभागि भएका थिए ।

    भोलि चैत १० गते भरतपुरको गणेशस्थानबाट तेस्रो संस्करणको प्रज्ञा स्मृति साईक्लिङ एमटिबी क्रसकन्ट्री ओलम्पिक प्रतियोगिता आयोजना हुने कार्यक्रम संयोजक सन्तु दराईले जानकारी दिनुभयो । नेपाल साईक्लिङ संघ र चितवन साईकल राईडर्स क्लवको सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता प्रथम,द्धितीय र तृतीय हुनेले क्रमशः ५० हजार,४० हजार र ३० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
    एक लाख ३६ हजार पशुलाई खोप
    आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
    • आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
    • ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    • फरार भारतीय कैदी पक्राउ
    • एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.