सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण


  •    न्युजभित्तो/९ चैत्र २०८०, शुक्रबार १२:२२ 
  • कास्की, ९ चैत । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण गरिएको छ । अस्पतालको आफ्नै जनशक्तिबाट पहिलो पटक तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको सफल मिर्गौला प्रत्यारोपण गरिएको हो ।

    गुरुङलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान गर्नुभएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको उक्त अस्पतालमा प्रत्यारोपण सेवा सुरु भएको २० महिनापछि आत्मनिर्भर बनेको अस्पतालका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो । यसअघि विसं २०७९ असारमा पहिलोपटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले प्रत्यारोपण गरेको थियो ।

    पोखरामा प्रत्यारोपणका लागि केन्द्रले सहयोग गर्दै आएकामा पछिल्लो पटक अस्पतालको चिकित्सकको टोलीले सो कार्य गर्न सफल भएका भट्टराईले बताउनुभयो । बिहीबार अस्पतालका युरो सर्जनद्वय डा प्रकाश क्षेत्री र डा अनुप चापागाईं, नेफ्रोलोष्टि डा जुजुराम श्रेष्ठ र डा अमृत केसी, जनरल सर्जन डा डेभिड श्रेष्ठ, एनेस्थेसिया विभागका चिकित्सक र नर्सिङका स्वास्थ्यकर्मीसहितको टोलीले बिहानदेखि साँझसम्म लगाएर सफलतापूर्वक प्रत्यारोपण गरेका सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

    मिर्गौला प्रत्यारोपणपछि दाता र ग्रहणकर्ता केही दिन अस्पतालमा नै बस्नुपर्ने भन्दै केही समय दुवैको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले बताउनुभयो । यसअघि अस्पतालमा आठ वटा प्रत्यारोपण भइसकेका बताउँदै बिहीबार नवौँ प्रत्यारोपण आफ्नै जनशक्तिबाट गरिएको उहाँले जानकारी दिनुभयो ।

    लामो समयको तालिम र अनुभवपछि यहाँकै जनशक्ति प्रत्यारोपण गर्न सफल भएपछि निर्देशक डा खत्रीले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी सुरुआतदेखि नै यहीँको जनशक्तिलाई सक्षम बनाउने गरी लागेको थियौँ । विगतमा काठमाडौँ र पोखराका चिकित्सकबाट संयुक्तरुपमा प्रत्यारोपणमा सहयोग हुँदै आएको थियो । करिब २० महिनापछि हामी आफैँ प्रत्यारोपण गर्न सफल भएका छौँ ।” अस्पतालकै जनशक्तिबाट सो कार्य सम्भव भएपछि प्रत्यारोपणका लागि पालो पर्खनुपर्ने अवस्था कम हुँदै जाने उहाँको भनाइ छ ।

    मानव अङ्ग प्रत्यारोपण केन्द्रका चिकित्सकको प्रत्यक्ष निगरानी, अनुभव तथा तालिम दिएको अस्पताका सूचना अधिकारी भट्टराईले बताउनुभयो । उहाँका अनुसार यहाँ मिर्गौला प्रत्यारोपण गर्दा बिरामीले रू चार लाखसम्म सहुलियत पाउने गरेका छन् ।

    ‘विपन्न नागरिकको औषधि उपचार कार्यक्रम’अन्तर्गत अस्पताल सूचीकृत भएसँगै यहाँ प्रत्यारोपण गर्नेले उक्त सहयोग प्राप्त गर्ने अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डायलासिसका बिरामीको चाप ठूलो हुँदै आएको छ । यहाँ १८ वटा मेसिनबाट दैनिक तीन सिफ्टमा डायलासिस सेवा प्रदान गरिँदै आइएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.