सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल नमुना माविको समस्या समाधान गर्न अनेरास्ववियुको एक हप्ते अल्टिमेटम


  •    न्युजभित्तो/८ चैत्र २०८०, बिहीबार १७:४४ 
  • चितवन, ८ चैत । पूर्वि चितवनको नेपाल नमुना माविको समस्या समाधान गर्न अनेरास्ववियु चितवनले एक हप्ते अल्टिमेटम दिएको छ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटीले समस्या समाधानको प्रक्रिया अविलम्ब अगाडि बढाउन माग गरेको हो ।

    आज जिल्ला अध्यक्ष हरि आचार्यसहितको टोलीले नगर शिक्षा समिति रत्ननगर नगरपालिका र विद्यालय व्यवस्थापन समितिलाई विज्ञप्ति बुझाउँदै एक हप्ते अल्टिमेटम दिएको छ । विज्ञप्तिमा भनिएको छ, “रत्ननगरनगरपालिका वडा नं. २ स्थित श्री नेपाल नमुना माविमा विगत लामो समयदेखि चरम राजनैतिक हस्तक्षेपको कारण विद्यालयको शैक्षिक वातावरण धमिलिएसँगै विद्यार्थीको शैक्षिक गतिविधिमा असर परेकोप्रति हाम्रो संगठनले यसअघि पटक पटक सचेत गराइसकेको सर्वविदितै छ ।”

    नगरपालिका र प्रधानाध्यापकबीच लामो समयदेखि चलेको द्वन्द्वको कारण विद्यालयमा वेथितिहरुका चाँङ लागेका भन्दै विज्ञप्तिमा भनिएको छ “प्रचलित नियमलाई नै धज्जी उडाउने गरी निजी स्रोतलाई स्थायी गराउने, शिक्षक–कर्मचारीको पाँच महिनादेखि तलब लिनबाट बञ्चित गरिएको, नेपाली विषयको मावि शिक्षक अभाव हुँदाहुँदै विद्यालयमा भएको शिक्षकलाई अन्यत्र सरूवा गरी उक्त ठाउँमा रातारात विद्यालय व्यवस्थाप समितिको बैठकबाट विषय नै परिवर्तन गरेर अर्को विषय शिक्षक ल्याइएको, सुत्केरी विदामा रहेको शिक्षकको विषय परिवर्तन गरी शिक्षक सरुवा गरिएको, आइसिटी संचालनका लागि प्राप्त अनुदान रकम विद्यालय व्यवस्थापन समितिले समयमा निर्णय गर्न नसक्दा अनुदान फिर्ता भएको र हाल आइसिटी संचालनमा विद्यालयलाई थप व्ययभार परेको, सम्मानित अदालतको आदेशको अवहेलना गरेको लगायतका विषयले विद्यालयको समग्र शैक्षिक वातावरणमा असर गरेको छ ।”

    विज्ञप्तिमा थप भनिएको छ, “राजनैतिक प्रतिशोधको आधारमा योग्य व्यक्तिलाई अवसरबाट वञ्चित बनाई आफू निकट व्यक्तिलाई संरक्षण गरी विद्यालयलाई राजनैतिक भर्ती केन्द्र बनाउने गलत मनसायसहित राजनीतिक अभिष्ट पूरा गर्न गरिएको प्रपन्च भएको प्रष्ट देखिन्छ । यस्ता गलत मनसाय सहितको योजना गरेकोप्रति अनेरास्ववियु जिल्ला कमिटी चितवनको गम्भिर ध्यानाकर्षण भएको छ । विद्यालयमा भएका यस्ता त्रुटी सच्चाउन र आफ्नो भविष्यको सपनादेखि यस विद्यालय रोजेर अध्ययन गर्न आउने विद्यार्थी तथा उनिहरुका अभिभावकलाई निरास नपारी नियमानुसार समस्या समाधानको प्रक्रिया अविलम्ब अगाडि बढाउन हाम्रो संगठन जोडदार माग गर्दछ ।

    अनेरास्ववियुको शान्तिपूर्ण आग्रहको वेवास्ता गरिएमा जस्तोसुकै सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनी अनेरास्ववियुले दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
    एक लाख ३६ हजार पशुलाई खोप
    आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
    • आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
    • ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    • फरार भारतीय कैदी पक्राउ
    • एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.