नेपाल उत्पीडित जातीय मुिक्त समाज चितवनको प्रशिक्षण कार्यक्रम सम्पन्न
न्युजभित्तो/८ चैत्र २०८०, बिहीबार १७:३८
चितवन, ८ चैत । ५९ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका सन्दर्भमा नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी चितवनद्वारा आयोजित सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज बिहिबार नेकपा एमाले चितवन पार्टी कार्यालयको सभाहलमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
न्याय, समानता र समृद्धिका लागि जागरण अभियान २०८० अन्तर्गत भएको कार्यक्रम ‘समाजमा सबै सराबरी, मान्छे बराबरी’ भन्ने नारामा आधारित रहेर सम्पन्न भएको छ । जिल्ला पार्टी प्रशिक्षण विभाग प्रमुख गोपी नेपालले माक्र्सवाद र जनताको बहुदलीय जनवादबारे प्रशिक्षण दिएका थिए भने मुक्ति समाज चितवनका अध्यक्ष एवम् प्रशिक्षक मिनबहादुर परियारले नेपालमा जातीय प्रथाको सुरुवात र जातीय मुक्ति समाजको चुनौतीबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा संवोधन गर्दै नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलियाले सामन्ती शासक व्यवस्थाले जातीय विभेदको शुरुवात गरको र नेकपा एमाले त्यसको अन्त्यको लागि लडिरहेको बताए । कानुनीरुपमा जातीय विभेदको अन्त्य भए पनि व्यवहारिक रुपमा अझै पनि केही समस्या भइरहेको बताउँदै उनले व्यावहारिकरुपमा पनि यसको अन्त्य गराउनतर्फ पार्टी पंक्ति लागिरहेको बताए ।
आइतराम विश्वकर्माले सञ्चालन गरेको कार्यक्रम मिन बहादुर परियारको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य शिव कुमारी गोतामे, यम बहादुर परियार, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य श्यामलाल विक, कृष्ण भुर्तेल, सुनिता परियार, निसा अधिकारी, नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष राम न्यौपाने, नेकपा एमाले केन्द्रीय विपत व्यवस्थापन विभाग सदस्य ऋषि रेग्मी, एमाले चितवनका पूर्व अध्यक्ष कृष्णभक्त पोखरेल, एमाले चितवन जिल्ला पार्टी उपाध्यक्ष कमल पाठक, एमाले चितवन जिल्ला कमिटी उपसचिव प्रकाश ढुंगाना, प्रवासी नेपाली संघ भारतका निवर्तमान महासचिव टिका पौडेल लगायतका पार्टी नेतृत्वसहित मुक्ति समाज चितवनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।