सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार रिमालद्वारा जन्मदिनको अवसरमा प्रेस चौतारी भवन निर्माणका लागि आर्थिक सहयोग


  •    न्युजभित्तो/८ चैत्र २०८०, बिहीबार ११:२३ 
  • भरतपुर, ८ चैत । पत्रकार महासंघ चितवनका सल्लाहाकार एवम् प्रेस चौतारी चितवनका अग्रज तिलकराम रिमालले जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माण र प्रेस चौतारी पत्रकार कल्याणकारी कोषका लागि लागि आर्थिक सहयोग गरेका छन् ।

    भरतपुर महानगरपालिका ११ बसेनीमा निर्माणाधीन भवनका लागि पत्रकार रिमालले ५५ हजार ५ सय ४५ र प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि ५ हजार ५ सय ४५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । पत्रकार रिमालले आफ्नो वुवा भेषराज रिमालको चैत ८ परेको ८४ औं जन्मदिनको सन्दर्भ पारेर भवन निर्माणमा सहयोग गरेको बताए । रिमालले बुवा भेषराज र आमा गौरीदेवी रिमालको नाममा रहने गरी सहयोग गरेको बताए । चितवनमा कान्तिपुर हेल्थ दैनिक सञ्चालन गर्दै आएका रिमालले प्रेस चौतारीको देश कै पहिलो भवन चितवनमा निर्माण हुनु सुखद कुरा भएकोले त्यसलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । प्रेस चौतारीको भवन निर्माणले पत्रकारहरुको संस्थागत विकास र दक्षता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिएको रिमालले बताए । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवनका लागि सहयोग गर्ने अग्रज पत्रकार रिमाललाई धन्यवाद दिँदै भवनले निकट भविश्य मै पूर्णता पाउने बताए । उनले पत्रकार रिमाल सबैलाई सहयोग गर्ने, साथ दिने मृतभाषी भएको भन्दैं चितवनको पत्रकारिता क्षेत्रले सिक्नुपर्ने धेरै कुरा रहेको बताए । उनले प्रेस चौतारीले जिल्लाका पत्रकारहरुलाई समस्या पर्दा साथ तथा सहयोग गर्न पत्रकार कल्याणकारी कोष स्थापना गरेर त्यससम्वन्धी कार्यविधीसमेत बनाएको बताए । कल्याणकारी कोषमा डेढ लाख रकम संकलन भैसकेको छ ।

    रिमालको जन्मदिन मनाउने कार्यक्रममा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारीका संस्थापक अध्यक्ष रामबाबु सुवेदी, प्रेस चौतारी चितवनको जिल्ला इन्चार्ज प्रतिमा सिलवाल, पत्रकार महासंघका जिल्ला पदाधिकारीहरु, उवासंघ चितवनका निवर्तमान उपाध्यक्ष शिरिष पन्त, भरतपुर ३ का वडाध्यक्ष विकास थापा, समाजसेवी धर्म कार्की लगायतको उपस्थिती रहेको थियो ।

    समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । सो जग्गामा बन्दै गरेको भवनको लागत १ करोड ५० लाख छ । भवनको दोस्रो तला ढलानको काम सकेर तेस्रो तला ढलानको तयारी हुँदैछ । पहिलो तला भित्र फिनिसिङको काम भैरहेको छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत बर्ष वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.