सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

९० वर्षीया वृद्धालाई घरमै पुगेर नागरिकता


  •    न्युजभित्तो/७ चैत्र २०८०, बुधबार १४:१० 
  • डोटी, ७ चैत । जिल्ला प्रशासन कार्यालयले एक वृद्धालाई यहाँ घरमै नागरिकता उपलब्ध गराएको छ । सायल गाउँपालिका–२ सिर्माकी ९० वर्षीया कलसी थापा ओलीलाई घरमै नागरिकता उपलब्ध गराइएको हो ।

    कार्यालयका कर्मचारी लालबहादुर बोगटीलाई वृद्धाको घरमा पठाएर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताउनुभयो । वृद्ध अवस्थामा रहनुभएकी ओली कार्यालयमा आएर नागरिकता लिन नसक्ने अवस्थालाई हेरी विशेष सुविधाअन्तर्गत जनप्रतिनिधि र स्थानीयको समन्वयमा नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

    जिल्ला प्रशासन कार्यालयका कर्मचारी बोगटीले आज गाउँपालिकाका उपाध्यक्ष निर्मला ओली, वडाध्यक्ष मानबहादुर सिंह लगायतको उपस्थितिमा वृद्धा ओलीलाई नागरिकता प्रमाणपत्र दिनुभयो ।

    जिल्ला प्रशासन कार्यालयले घरमै नागरिकता दिएपछि वृद्धाका नाती रामबहादुर ओलीले डोटी प्रशासन, जनप्रतिनिधि तथा अभियानकर्मी लगायतका सहयोगी सबैलाई धन्यवाद दिनुभयो ।

    स्थानीय दलबहादुर ओली र आफ्नो करिब दुई वर्ष लामो निरन्तरको प्रयासपछि ओलीलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन सफल भएको सामाजिक अभियानकर्मी तेज डुम्रेलले बताउनुभयो । उहाँको नागरिकताका लागि जनप्रतिधिसँग आवश्यक समन्वय गरेपछि वडाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले नागरिकता दिएको डुम्रेलले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.