सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको भिड


  •    न्युजभित्तो/६ चैत्र २०८०, मंगलवार १६:०२ 
  • चितवन, ६ चैत । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी भरतपुरमा सोमबार आयोजित ‘एक्सपर्ट एजुकेशन कन्क्लेभ–२०२४’ मा विद्यार्थीको भीड लागेको छ ।
    एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भरतपुर–१०,स्थित बेस क्याम्पमा आयोजित एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।

    विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको कन्क्लेभमा विद्यार्थी तथा अभिभावकको भीड लागेको थियो । कन्क्लेभमा अष्ट्रेलिया, युके, न्यूजील्याण्ड र आयरल्याण्डका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श लिएको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ‘कन्क्लेभमा विद्यार्थीहरुको सहभागिताले हामी निकै उत्साहित छौं, सहभागि सबै विद्यार्थी तथा अभिभावकहरुमा धन्यवाद प्रकट गर्दछु’–प्रबन्ध निर्देशक अधिकारीले भने ।

    पछिल्लो समय विद्यार्थीको रोजाइँ अष्ट्रेलिया, क्यानडा, युकेसंगै न्यूजील्याण्ड, युएसए र आयरल्याण्डतर्फ पनि बढ्दै गइरहेको छ । चितवनमा पहिलोपटक आयरल्याण्डका कलेज तथा विश्वविद्यालयबाट पनि परामर्श लिन पाउँदा विद्यार्थीहरु खुशी देखिएका थिए ।
    कन्क्लेभमा सहभागि हुनेले विभिन्न उपहारहरु समेत पाएका थिए । लक्की ड्र मार्फत सहभागिहरुले खेलाडीहरुको हस्ताक्षरसहितको डिआरएसको जर्सी, मौलाकाली केबल, स्केटिङ, नारायणीमा बोटिङलगायतका उपहार पाउँदा दंग परेका थिए ।

    सोही कार्यक्रममा पब्जी खेलका लागि युवापुस्ता माझ निकै नै लोकप्रिय गेमिङ टिम डिआरएसका खेलाडीहरुको समेत उपस्थितिले विद्यार्थीहरुमा उत्साह बढाएको थियो । डिआरएसको खेलाडीसंग अन्तरक्रिया तथा फोटो खिचाउँन पाउँदा भरतपुर–१६ का सुदिप थापा मगर दंग परे । ‘टिभी तथा युट्युवमा धेरैजसो देख्ने खेलाडीलाई आफ्नै आँखा अगाडि देख्न पाउँदा धेरै नै खुशी लाग्यो, यो अवसर जुटाई दिने एक्सपर्ट चितवनलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु’–कन्क्लेभमा सहभागि युवा सुदिपले भने ।
    नारायणगढका रुद्राक्ष जोशी पनि डिआरएसका खेलाडीहरुको जर्सी हस्ताक्षरसहित पाउँदा खुशी प्रकट गरे । ‘एक्सपर्टलाई मेरो स्पेशल थ्याङक्स, खेलाडीहरुको हस्ताक्षरसहितको जर्शी पाए त्यसैमा धेरै खुशी छु’–जोशीले भने ।

    डिआरएसका अप्रेशन प्रमुख संगीन भट्टराईले विद्यार्थीहरुको सवालको जवाफ दिएका थिए । कार्यक्रमको अन्तिममा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुलाइ एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले धार्मिक ग्रन्थ ‘भगवतगीता’ उपहार प्रदान गरेका थिए ।

    अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएसरपीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.