सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्री रविलाई भाइको इच्छा पूरा गरिदिन सुसाइड नोटबाट मनोजको आग्रह


  •    न्युजभित्तो/६ चैत्र २०८०, मंगलवार १५:३८ 
  • सुर्खेत, ६ चैत । वीरेन्द्रनगर नगरपालिका–४, को पर्यटकीय स्थल सहिदपार्कको गेट नजिकै मृत फेला परेका अछामका किशोरको पकेटमा सुसाइड नोट फेला परेको छ । जसमा अछामको रामारोशन गाउँपालिका–४, बाटुलासेनका १८ वर्षीय मनोज खनालले आफ्नो आमा, बुबासँगै गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गरेको भेटिएको हो ।

    शनिबार झुण्डिएको अवस्थामा फेला परेका मनोज बुधबारदेखि वीरेन्द्रनगरबाट सम्पर्कविहीन भएका थिए । उनको हत्या गरिएको हो वा आफैँले आत्महत्या गरेका हुन् भन्ने विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, उनको पाकेटमा भने प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले उनको पाकेटमै उक्त नोट फेला परेको हुनाले उनले नै लेखेको हो कि भन्ने अनुमान प्रहरीले गरेको बताए ।

    प्रहरीका अनुसार मनोजले सुसाइड नोटमा लामिछानेलाई आफ्नो परिवारलाई सान्त्वना दिन भन्दै आग्रह गरिएको छ । साथै उनले भाइको इच्छा पूरा गरिदिन आग्रह समेत गरेका छन् । नोटमा लामिछानेलाई ०८४ सालमा प्रधानमन्त्री हेर्न मन भएको तर नपाएको पनि उल्लेख छ ।

    (रातोपाटीबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
    एक लाख ३६ हजार पशुलाई खोप
    आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
    • आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
    • ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    • फरार भारतीय कैदी पक्राउ
    • एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.