सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै महिला


  •    न्युजभित्तो/६ चैत्र २०८०, मंगलवार १२:२२ 
  • तनहुँ, ६ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन् । यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका हुन् ।

    ती दुई आमा समूहका महिलाले गत तिहारका बेला सयपत्री फूलखेती गरेकामा बिक्री नभएका उक्त फूलबाट धूप बनाउने सीप सिकेका हुन् । महिलालाई आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यसहित गाउँपालिकाको सहयोगमा धूप बनाउने सीप प्रदान गरिएको यान्चोक आमा समूहका अध्यक्ष सुनिता आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “गत तिहारलाई लक्षित गरी हामीले सयपत्री फूलखेती ग¥यौँ, त्यतिबेला बिक्री नभएको फूलको प्रयोग गरी धूप बनाउने सीप सिकाइएको हो, यसले आम्दानीको बाटो हुने र महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्नेछ ।”

    ती दुई आमा समूहले २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका थिए । तिहार र त्यसपछि गाउँपालिकाका विभिन्न कार्यक्रममा गरी रु तीन लाखको सयपत्री फूल बिक्री भएको थियो । बाँकी रहेका फूललाई सदुपयोग गर्न धूप बनाउने सीप सिकाइएको उहाँको भनाइ छ । उहाँका अनुसार सयपत्री फूल सुकाएर, काउला र धुपीको धुलो मिसाएर सिन्के धूप बनाउन सकिन्छ । त्यस्तै अङ्गारमा सयपत्रीको फूलको धुलो मिसाएर पनि धूप बनाउन सकिन्छ । उहाँले भन्नुभयो, “हामीले तालिममा एक किलो काउलाको धुलो, एक किलो धुपीको धुलो राखेर सिन्की धुप बनाउन सिक्यौँ, सीप सिकेपछि अबलाई व्यावसायिक बनाउनेतर्फ अगाडि बढ्छौँ ।”

    आँधीमूल आमा समूहका अध्यक्ष ललिता मगरले बाहिरबाट ल्याइएका धूप खरिद गर्नुपर्ने अवस्थाको अन्त्यका लागि स्थानीयस्तरमै धूप उत्पादन गरी बिक्री वितरण गर्न सीपमूलक तालिम सिकाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सयपत्रीको फूलको प्रयोग गरेर धूप बनाउन सकिने रहेछ भन्ने थाहा थिएन, गाउँपालिकाले यसका लागि तालिम दिएपछि हामी उत्साहित छौँ ।” सयपत्री फूलखेतीलाई निरन्तरता दिँदै फूल र माला बिक्री गर्ने र खेर जाने फूललाई धूपका रुपमा प्रयोग गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । उहाँका अनुसार घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आबद्ध गराई गत तिहार अगाडि फूलखेती सुरु गरिएको थियो ।

    प्रशिक्षक सुस्मिता थापाले स्थानीयस्तरमै पाइने सामग्रीको प्रयोग गरी धूप बनाउन सिकाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धुप बनाउने सीप सिक्न महिला उत्साहित भएको पाएँ, यसलाई अब आयआर्जनसँग जोड्न सकिनेछ ।”

    महिलालाई आयआर्जनमा जोड्न धूप बनाउने सीपमूलक तालिम दिइएको गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले जानकारी दिनुभयो । स्थानीय उत्पादन प्रयोग गरी धूप बनाउन सकिने जनाउँदै उहाँले धूप बिक्रीका लागि बजार व्यवस्थापनमा गाउँपालिकाले सघाउने बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाभित्र विभिन्न धार्मिक क्षेत्र छन्, मठमन्दिरमा विभिन्न समयमा मेला पर्व लाग्ने हुँदा त्यसलाई लक्षित गरी धूप बिक्री गर्न सकिन्छ, बाहिरबाट धूप नल्याई स्थानीय उत्पादनलाई नै प्राथमिकता दिनका लागि गाउँपालिकाले सहयोग गर्नेछ ।”

    सबै महिला समूहले उद्यम गर्नुपर्छ भन्ने लक्ष्य राखी गाउँपालिकाले सीप सिकाउन थालेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको भनाइ छ । गाउँपालिकाका छ वडामा एक सय आमा समूह रहेकामा सबै महिला समूहलाई सीप सिकाउन सकिए गाउँपालिका आत्मनिर्भर बन्नसक्ने उहाँले बताउनुभयो । त्यस्ता सामग्री बिक्रीका लागि बजार व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने बताउँदै उहाँले भन्नुभयो, “अहिले उत्पादन गरिएका धूप फागुपूर्णिमामा छिम्केश्वरीमा ठूलो मेला लाग्ने र सोही मेलामा बिक्री गर्न सकिन्छ, त्यसका लागि पालिकाले आवश्यक सहयोग गर्नेछ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.